२१ फाल्गुन २०७७, शुक्रबार

राष्ट्रिय महिला लिगः सावित्राको आठ गोलको मद्दतमा एपीएफ विजयी

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं, २६ माघ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब सावित्रा भण्डारीको आठ गोलको मद्दतमा विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोल अन्तरले पराजित गरेको हो । आजको खेलमा पनि एपीएफका लागि भण्डारी एक्लैले आठ गोल गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । जारी लिगमा एपीएफ क्लब हालसम्म अपराजित रहेको छ । एपीएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा कायमै छ । सात खेलमा सबैमा हार बेहोर्दै चौदण्डीगढी अङ्कविहीन अवस्थामा छ ।

एपीएफका लागि भण्डारीले खेलको चौथो मिनेटमै गोल गर्नुभएको थियो । उहाँले खेलको १८औँ र ३६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्नुभयो । भण्डारीले खेलको ४३औँ, ५३औँ, ५६औँ, ७२औँ र ८७औँ मिनेटमा गोल गर्नुभयो । यस्तै एपीएफका लागि अनिता केसीले खेलको २४औँ तथा ४०औँ, कप्तान अनिता बस्नेतले पहिलो हाफको इन्जुरी समय र ६४औँ मिनेटमा गोल गर्नुभयो । यस्तै अनु लामाले ७६औँ तथा रविना गोलेले खेलको ७९औँ मिनेटमा गोल गर्नुभयो । लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ । आर्मीले सात खेलमा १५ अङ्क जोडेको छ । वालिङ लिगको तेस्रो स्थानमा छ । वालिङको सात खेलमा ११ अङ्क छ । पुलिस आठ अंकका साथ लिगको पाँचौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *