२१ फाल्गुन २०७७, शुक्रबार

मेराे अनुभव जीवनको

kamdardainik.com (First, Fast & Accurate)

-सिर्जना खड्का 

खै कसरी काहाँ बाट सुरु गरौ थाहा नै भएन ।याे मेराे कथा भनउ या मैले जिएकाे मेराे जीवन काहाँ बाट सुरू भयाे र काहाँ गएर अन्त्य हुने छ थाहा नै छैन मलाई।यता उति हेर्न नपाउदै समयले त काेल्टे पाे फाेर्दाै जाने रहेछ । जीवनका सुरुवातमा नै सानै देखि आमाकाे त्यो न्यानाे काख आमाको  माया ममता बाट पनि बन्चित भऐ म।

आमा शब्दको भावनै बुझ्न सकिन मैले। मेरी आमा नहुनाले तर पनि बुबाले धेरै माया दिऐर हुर्काउनु भयाे मलाई ।जब बिस्तारै ठुलाे हुदैँ गए मनमा धेरै नयाँ कुराकाे बिस्तार हुदै गयो। सबै कुरा राम्रो लाग्ने सायद उमेर नै तेस्तै भऐर हाेला खुसीको लहर छाहेकाे थियो मेराे जिवनमा । तर त्यो खुसी काे क्षण कति नै पल रह्याे र मेराे जीवनमा। किनकि मैले त बिर्सेछु म त एक किशोरी / महिला र अपांग पाे रहेछु ।अपांग जुन मलाई मेराे समाजले दिऐकाे भिन्दै नाम पाे रहेछ। मेराे समाजले मलाई पछाडि बाट बाेलाउने नाम रहेछ। मैले पनि म ठुली भऐर थाहा पाऐकि थिऐ मेरो त्यो नाम। सुनेर अचम्म लागेको थियो मलाई अाखिर किन मलाई तेस्ताे नाम दिऐकाे भनेर। तर त्यो नाम त बस सुरूवात पाे रहेछ अझै धेरै बचनका प्रहार र म माथि हुने ब्यबहारहरू त अझ अाउने तर्खारमै पाे रहेछन्। याे समाज भनु या मेराे परिवारकाे अझै सफा चित्र चरीत्र त देख्नै बाकी पाे रहेछ मैले त।

जीवनकाे हरेक माेडमा यस्ता धेरै बचनका प्रहारहरू सहेकाे छु मैले आजसम्म पनि।अपांग भऐर याे समाजमा बाच्न निकै गार्‍हो हुने रहेछ अाफैले भाेगेकाे छु मैले किनकि भन्न त अगाडि धेरै राम्रो कुरा राम्रो व्यवहार हुन्छ तर त्यो पर्दा पछाडिको काहानि जुन पर्दा पछाडिको मानिसलाई मात्र थाहा हुन्छ तेस्तै मैले पनि पर्दा पछाडिको जीवन जिएकाे छु जुन समाजकाे व्यवहार म माथि हुन्छ त्याे मलाई मात्र थाहा छ ।
म कस्तो छु मैले के गर्न सक्छु म मा ज्ञान कति छ मेराे क्षेमता कति छ भन्ने कुरा त कसैले पनि बुझ्ने काेशिशै गर्नु भएन बस मलाई त एक अपांगकाे रूपमा पाे हेर्नू भयाे ।
मेराे बानी बाेहाेरा राम्रो छ कि छैन भन्दा पनि समाजले त याे त अपांग हाे यस्ले त याे बाेल्नु पर्छ याे बाेल्नु हुदैन भनेर बाेलिमै पाे ताल्चा लगाईदिनु भयाे ।
म ‘म’ भऐर बाच्ने हैन् कि समाजकाे नजर बाट पाे बाच्नु पर्ने भयाे मैले ।

थाहा छ कि सबैकाे जीवनमा उतार चडाब अाउछँ तर किन हाे किन मलाई मेराे समाजले दिएकाे अपांग नामले गर्दा अझ धेरै उतार चडाब मेराे जीवनमा आएकाे महसुस हुन्छ मलाई । तर यसकाे मतलब याे हैन् कि सबै सङ्ग ऐउटै कथा हुन्छ अरू सङ्ग राम्रो पनि हुन सक्छ ।

आज पनि तेहि ती अनेकौं बचनका प्रहारहरू मेराे मनमा आधिँ बनेरै चलिरहेका छन्।तर पनि मेराे जिन्दगी बिस्तारै भऐ पनि अगाडि बढिरहेको छ। समाजले लगाएको बाेलिकाे ताल्चा पनि उघारेर अगाडि बढ्दै छु म किनकि समाज भन्दा पनि पहिले त म नै मेरो लागि महत्त्वपूर्ण रहेछु भनेर मेराे समाजले सिकाएको छ मलाई । म सङ्गै मेराे परिवार अनि मेराे समाज पनि अगाडि बढिरहेको छ। अगाडि बढिरहेको समाज सङ्गै हामी मानिसहरू पनि अब समय अनुसार परिवर्तन हुनु जरुरी छ। र आफ्नाे विचार अभिव्यक्ति जुन अपांग मानिसहरू माथि रहेकाे धारणा पनि परिवर्तन गर्नु जरुरी रहेकाे छ ।
भन्नमा मात्र हैन् व्यवहारमा पनि सबै मानिस ऐकै हाैउ भनेर व्यवारमा उतार्नु पनि जरुरी छ । तब मात्र हामी एक हुन्छउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *