मुलुकको विकास र समृद्धिका लागि सबै अग्रसर हुनुपर्छ : नेता गच्छदार

मुख्य समाचार राजनीति समाचार

विराटनगर, ९ कात्तिक । नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावनाअनुसार सरकार चल्नुपर्ने बताउनुभएको छ ।

प्रभात कृषक समूह र बूढीगङ्गा गाउँपालिकाद्वारा मोरङ सुकचारमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि सरकार संविधानको मर्म र भावनाअनुरुप अगाडि बढ्न सक्नुपर्दछ ।”

नेता गच्छदारले मुलुकको विकास र समृद्धिका लागि सबैले अग्रसरता देखाउनुपर्नेमा जोड दिदैं थारु जातिको भाषा, संस्कृति र पर्वलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।
प्रभात कृषि समूहका अध्यक्ष राजकुमार माझीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।