परिवार दलको गण्डकी प्रदेश भेला सम्पन्न

समाचार

कामदार दैनिक संवाददाता 

काठमाडौँ। 

नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिधिको शासन र संवैधानिक सर्वोच्चतालाई आफनो पार्टीले आत्मसात गर्ने बताएका छन् । नेपाल परिवार दल काठमाण्डौ –गण्डकी प्रदेश सम्पर्क समितिद्वारा बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले बर्तमान समस्याको समाधान उच्चस्तरीय राजनैतिक संवादद्वारा खोज्नु पर्ने बताउँदै सर्वोच्च अदालतमा बिचारधिन बिषयलाई सडक संघर्षले प्रभावित गर्न नहुने बताए ।

उनले सर्बोच्च अदालतबाट आउने जुनसुकै निर्णलाई पनि दलहरु मान्नुपर्नेमा जोड दिए । ढकालले परिवार दल जातिय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एकमात्र उदेश्य नेपाली जनताको सपना साकार पार्ने उदेश्य बोकेको बताए ।

ढकालले पुराना राजनैतिक दलहरुले जनताको अपेक्षा पुरा गर्न असफल भएकाले अब बैकल्पिक राजनैतिक शक्ति निर्माण गर्नु पर्नेमा जोड दिए । आफ्नो पार्टीले अङ्गीकार गरेको अग्रपंथी लोकतन्त्र एक साझा राजनैतिक अबधारणा हुन सक्ने भन्दै परिबर्तनको उपलब्धिहरु सस्थागत गर्नु पर्नेमा जोड दिए। ढकालले नेपालमा यथास्थितिवादी र पश्चगामी शक्तिहरुले टाउको उठाउन थालेका छन् भदै अग्रगामी, देशभक्त र विकास प्रेमी हरु एकजुट भयर नेपाली सपना पुरा गर्न अघि बढ्नु पर्ने बताए।

दलका महामन्त्री बिनोद डाँगीले जहाँ जनता समस्या समाधानमा परिवार दलको सधै सक्रिय उपस्थिति रहेको बताउँदै परिवार दलको सदस्य बन्न जेल बसेको योग्यता नभई समाजसेवा गरेको योग्यता हुनुपर्नेमा जोड दिए । उनले परिवार दल भुकम्प, शितलहर, बाढीपिडित तथा कोभिड १९ महामारीको बेला सहयोग लिएर जनताको घर दैलोमा पुगेको स्मरण गराए ।

परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले जनतालाई सडकमा ल्यायर शक्ति प्रदर्शन गदैमा कुनै राजनीतिक दल ठूलो नहुने बताउँदै ठूला राजनीतिक दलले जनताका आशा भरोसा, सयम र सपना माथी खेलवाड गरेको आरोप लगाए । दलकी कोषाध्यक्ष एवम् संविधान सभा सदस्य मिलन कुमारी राजबंशीले नेपाली जनताले असल नेतृत्व छनौट गर्ने बेला आएको बताउँदै आफ्नो पार्टीले बोकेको असल बिचार, सिद्धान्त र कुशल नेतृत्वलाई हेरेर सबैजना लामबद्ध बनाउनु पर्ने बताईंन।

दलका केन्द्रीय सदस्य एवम गण्डकी प्रदेशका संयोजक प्रकाशबाबु थापाको सभापतित्वमा भएको कार्यक्रमा दलका केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठ, गोबिन्द मिश्र, लक्ष्मी भण्डारी, मनोज सुर्खेती,सन्त बहादुर पन्त, अनिल भण्डारी, बुद्धिमाया पुन मगर, पियारत्न महर्जन लगायतको सहभागी रहको थियो । भेलाले नेपाल परिवार दल काठमाण्डौ –गण्डकी प्रदेश सम्पर्क समितिको संयोजकमा टिकाराज बिश्वकर्मालाई चयन गरेको छ । लम्जुङ्ग स्थायी निवासी बिश्वकर्मा लामो समयदेखि समाजसेवामा क्रियाशिल ब्यक्ति हुन् । भेलामा गण्डकी प्रदेशबाट काठमाण्डौमा आई बिभिन्न पेशा ब्यबसाय गरेर बसोबास गरेका ब्यातिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।