परिवार दलद्वारा कलाकारलाई सम्मान

समाचार

कामदार दैनिक संवाददाता 

काठमाडौँ। 

नेपाल परिवार दलले लामो सयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान गरिएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा बरिष्ठ गायक आनन्द कार्की संगीतकार शिखर सन्तोष, गीतकार सुमन बैरागी, कबि तथा गीतकार राम बहादुर बिष्ट, गायिका सबिना कार्की, गायक राज सागर लोक दोहरी प्रतिष्ठान गोरखाका सचिव गायक हरिराम परियार कलाकार प्रज्वल गौतम, उरुषा जोशी लगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो ।