११ कार्तिक २०७८, बिहीबार

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

kamdardainik.com (First, Fast & Accurate)

एजेन्सी ।

जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिनुभएको हो । संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उहाँले राजीनामा दिन लाग्नुभएको जनाइएको छ । मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ । यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन् । विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलबार निलम्बन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *