कामदार दैनिक
काठमाडौं ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी दिएको आदेशको नेपाल परिवार दलले स्वागत गरेको छ । संवैधानिक इजलासले गरेको निर्णय आफ्नो पार्टीलाइ मान्य र स्वीकार्य भएको दलका अध्यक्ष एकनाथ ढकालले बताए।
परिवार दलले बिगतका तिक्तताहरु बिर्सदै सबै राजनैतिक शक्तिहरुले राष्ट्रलाइ केन्द्रमा राखेर अदालतको निर्णय स्विकारी राष्ट्रिय मेलमिलापका साथ् अघि बढ्न पनि आग्रह गरेको छ।प्रतिशोधको राजनीतिले कसैको हित नगर्ने भन्दै राष्ट्रिय सहमतिको वातावरण सृजना गर्न सकारात्मक भूमिका खेल्न पनि सबैमा अपिल गरेको छ। सो दलले प्रतिनिधि सभा विघटनको मुद्धामा सर्बोच्च अदालत निर्णय लिन सक्षम रहेको र सर्बोच्चले गर्ने निर्णय पार्टीलाई स्वीकार्य हुने बताउदै आयको थियो।