सौल/दक्षिण कोरिया
सन्तोष खड्का
सियोल महानगरपालिकाले सौल क्षेत्रमा भइरहेको कोरोना संक्रमण नियन्त्रण गर्नका निम्ति सौल क्षेत्रमा बसोबास गर्ने विदेशी नागरिकहरलाई कोरोना परीक्षण गर्नका निम्ति प्रोत्साहित गर्ने योजना ल्याउने भएको छ।

सियोल महानगरपालिकाले बिदेशी कामदाहरूसँग सम्बन्धित कार्य स्थलहरूमा अनुगमनलाई अझ सुदृढ र ब्यबस्थित गर्ने एंव २४०,००० जनाभन्दा बढी प्रवासीहरुलाई कोरोना संक्रमण परिक्षण गर्नको लागि प्रोत्साहन गर्ने योजना शुक्रबार घोषणा गरेको समाचार एजेन्सी द कोरिया टाइम्सले जनाएको छ ।
ग्योङ्गी प्रान्तको दोङइन्छन र नाम याङ्जुमा भएको उच्च कोरोनाको संक्रमण पछि सौल नगरपालिकाले संक्रमण रोकथामको बृहत्तर योजना अगाडि ल्याएको हो।
सौलमा बसोबास गर्ने विदेशी नागरिकहरूले नि: शुल्क परीक्षण गर्न सक्नेछन् साथै क्वारेन्टाइन बस्नु परेमा यसका लागि लाग्ने खर्चको व्यवस्था समेत हुनेछ।

यो योजनाअनुसार कागजात नभएका बिदेसी नागरिकहरूले समेत निशुल्क रुपमा कोरोना परिक्षण गर्न सक्नुको साथै क्वारेन्टाइन बस्नु परेमा यसका लागि लाग्ने खर्चको व्यवस्था समेत हुनुका साथै कागजात नभएका बिदेसी नागरिकहरूको जानकारी अध्यागमन विभागलाई जानकारी नगराईने हुदाँ बिना भिसा बसोबास गरिरहेका बिदेसी नागरिकहरूले समेत बिना संकोच कोरोना परिक्षण गर्न सक्नेछन्।
विदेशी नागरिकहरूको घना आबादी भएको क्षेत्र गुरो, ग्यमछन् र योङ्दोङ्पो जिल्लाहरूमा अस्थायी परीक्षण स्थानहरूमा परिक्षण अबधि थप चार घण्टा सम्म बढाइनुका साथै आइतबार पनि बिहानको समयमा सेवा उपलब्ध गराइने भएकोले अरू दिन काम हुनेहरूले शनिबार र आइतबार सेवा लिएर लाभान्वित हुन सक्ने बताइएको छ ।
