२ जेष्ठ २०७८, आईतवार

विष्णुपादुका धामको ऐतिहासिक धार्मिक महत्व

kamdardainik.com (First, Fast & Accurate)

हिन्दु धर्मावलम्बीहरुको तीन प्रमुख देतामध्ये एक भगवान् विष्णुको पदार्पण स्थान भएकोले र विष्णु भगवान्को पदचिन्ह, शिला रहेको साथै विष्णु भगवान् ठूलो ढुङ्गामा सुतेको, लुगा सुकाएको विशाल ढुङ्गा यहाँ रहेकाले यस क्षेत्रलाइृ विष्णु पाउ वा विष्णुपादुकाको नामले चिनिन्छ, यो दे भूमि पवित्र तीर्थस्थल वराहक्षेत्रमा गई कोशी नदीमा मिसिने कोका नदी उत्तर बग्ने पुराणहरमा वर्णित पवित्र कोका नदीको उद्गम स्थलको रुपमा परिचित छ । यो पवत्रि तीर्थस्थलमा गई श्राद्ध गर्नाले पितृहूको उद्धार हुने जनविश्वास रहेको छ ।

प्रचार–प्रसारको कमीको कारणबाट र धर्मग्रन्थमा उल्लेख भए अनुसार कर्मकाण्ड गर्ने बाह्रमण जातिले पनि विष्णु पाउको ऐतिहासिक धार्मिक, संस्कृतिको प्रचार–प्रसार नगररेकोले पनि यस पवित्र भूमिको महत्व पछाडि पर्न गयो । परम्परागत पितृ उद्धारको निम्ति भारतको गया भन्ने स्थानमा जाने प्रचलन रहेकोले धेरै धर्मावलम्बी उतै गई पितृश्राद्ध गरेर घर फर्कन्थे ।

समय बित्दै गयो विष्णु पाउको धार्मिक महत्वको विषयमा गहन अध्ययन र सोधकर्ताको रुपमा सर्वप्रथम स्व. पथिक कवि लक्ष्मीप्रसाद आचार्यज्यूबाट करिव तीनदशक अगाडि उल्टा छौं सुल्टा बनौं भन्ने सानो पुस्तक प्रकाशित गरी देश विदेशमा प्रचार–प्रसार गर्नुभयो । उक्त पुस्तकमा लेखिए अनुसार पितृ याद गर्ने शिर नै हाम्रो देशमा छ । हामीले यसलाई हेला गरेर हामी गया भन्ने ठाउँमा जान्छौं । तसर्थ हामी उल्टा रहेछौं जब यस ठाउँको महत्वको बारेमा खोज, अध्ययन गरी स्कन्द पुराण, ब्रह्म पुराणमा वर्णन भए अनुसार पितृ श्राद्ध विष्णुपादुकामा नै किन गर्ने ? यसबाट के फल मिल्छ ? भन्ने वर्णन सो प्रकाशित पुस्तकमा लेख्नुभयो । पछि कवि श्रीमान् बज्राचार्यज्यूले पनि धार्मिक महत्वको बारेमा कलम चलाउनुभयो । त्यस्तै अर्का कवि श्री केदार तिमल्सिनाज्यूले पनि कलम चलाउनु भयो, यस्तै अर्का कवि लक्ष्मी प्र. रिजालज्यूले ब्रह्मपुरणमा वर्णन गरे अनुसार वराहक्षेत्र र विष्णुपादुकाको धार्मिक महत्वको बारेमा कलम चलाउनु भयो ।

फलस्वरुप यो माथि उच्चारण गरिएका श्रष्टाहरुबाट जुन लेखनमा योगदान पु¥याउनु ज्ञानको दीप प्रज्ज्वलन गर्नुभयो । त्यसबाट विस्तारै देश विदेशमा रहनु भएका सनातन धर्मावलम्बीहरुले पितृ श्राद्ध गर्ने देवस्थलको रुपमा विष्णुपादुकालाई चिन्ने मौका पाए अनुसार पौषे औंशीमा यहाँ आएर पितृ श्राद्ध गर्न थाले र कालान्तरमा आएर धर्मावलम्बीहरुको अत्याधिक चापले गर्दा देश विदेशबाट पितृ श्राद्ध गर्न यहााँ आउँदा पौषे औंशी तीर्थमेला पितृ श्राद्ध मेलाको रुपमा हाल विद्यमान छ ।

विष्णुपादुकामा नै पितृ श्राद्ध किन गर्ने ? र यसको धार्मिक सांस्कृतिक महत्वको बारेमा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार सजिलो गरी बुझ्नको लागि संक्षेपमा केही बुँदाहरु यहाँ लेखिएको छ जस अनुसार:
–ब्रह्मपुरणमा उल्लेख भए अनुसार सर्वप्रथम पितृ उद्धारका लागि भगवान् विष्णुले लक्ष्मीसहित भई श्राद्ध गरेको पुण्यस्थल कोका खोलामा विष्णु पाउ भएकोले ।
–महाभारतको लडाईमा मर्नु अगाडि वाणमा सुतेका भिष्मले युधिष्ठिरलाई युद्धमा मारिएका आफन्तको कल्याण हेतु श्राद्ध गर्न भनी यज्ञ स्वरुप वराह विष्णुले वाराही (लक्ष्मी)सहित भई दिव्य पितृहरुको श्राद्ध वराहक्षेत्र मास्तिर कोका नदीको तीर विष्णु सरोवर छेउमा गर्ने निर्देशन भएको र त्यो ठाउँ विष्णुपादुका भएकाले तर्पण पिण्डको लागि अति उत्तम पवित्र स्थान विष्णुपादुका भएकोले ।
– पितृ तर्पणका लागि हामी भारतको गया जाने मान्यता परापूर्वकालदेखि चलिआएकोले आस्था राख्दछौं । विष्णुपादुका र गया बारे स्कन्द पुराणको हिमादि (हिमवत) खण्डमा साथै ब्रह्मपुराण र महाभारतमा वर्णन भए अनुसार विष्णुपादुका कोका संगम स्वयम् भगवान विष्णु र माता लक्ष्मी भई पितृ उद्धारका लागि तर्पण गरेको ठाउँ हो भने गया गयासुर नामको राक्षसलाई ब्रह्म, विष्णु र शङ्कर मिलेर मार्न लाग्दा मर्नु अगाडि गयासुरले म परेपछि यस ठाउँमा (मेरो लाशमा) जसको श्राद्ध गरिन्छ त्यसको मुक्ति होस् भनी वरदान माग्दा तथास्तु भनेको ठाउँ मात्र हो । त्यसैले भारतको गयामा श्राद्ध गर्नुभन्दा नेपालको विष्णुपादुकामा श्राद्ध गर्नु अति उत्तम भएकोले ।
–कोका नदी स्वयं पितुहरुकी पत्नी भएकी र पत्नी सहितका पितुहरुको श्राद्ध गर्ने चलन भगवान् विष्णुले पहिलो पटक यसै ठाउँबाट सुरुवात गर्नु भएकोले ।
शौशिकी क्षेत्र अठासी हजार सौनकादिा ऋषिहरुलाई उपदेश यही पवित्र भूमि स्थलबाट दिएकाले ।
–वैदिक सनातन धर्ममा मानिसले तिर्नुपर्ने ऋण तीन प्रकारको रहेको छ; पहिलो ऋण देवऋण हो, दोस्रो ऋण पितृ ऋण हो र तेस्रो ऋण ऋषि ऋण हो । यो तीनै प्रकारको ऋणबाट मुक्त हुनका लागि विष्णुपादुकामा गई श्राद्ध गर्नाले मुक्ति र मोक्ष प्राप्त हुने धार्मिक मान्यता रहेकाले ।
–अन्त्यमा प्राणी जगतको सृष्टिमा पृथ्वी लोकमा विभिन्न धर्म, जातजाति मिलेर आ–आफ्नो परम्परागत धर्म संस्कृतिमा विश्वास र आस्था भक्ति त हुन्छ नै, सनातन, गैरसनातन धर्मावलम्बीहरु जसमा पनि पृथ्वी लोकका मनुष्यहरुको तीनवटा महत्वपूर्ण ऋण जन्मिदादेसिख मृत्यु संस्कारसम्ममा हुन्छन् । ती तीनै प्रकारका ऋणबाट मुक्ति पाउनका निम्ति विष्णुपादुकामाा श्राद्ध गर्ने धार्मिक जनविश्वास रहेकाले पनि यस क्षेत्रको महत्व धर्मावलम्बीहरुको मन मस्तिष्कमा रहन गएको छ ।
यस पवित्र तीर्थस्थलमा आएर जो कोहीले पनि श्राद्ध गर्दा अति उत्तम, श्राद्ध नगरे कोकाको पवित्र जल एक अँजुलीमा जल लिएर पितुहरुलाई सम्झना मात्रै गर्दा पनि २१ कुलको उन्नति, प्रगति पितृ आशीर्वाद प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
विस्तृत जानकारीका लागि
विष्णुपादुका मन्दिर व्यवस्थापन विकास समिति
धरान उपमहानगरपालिका वडा नं. २० सुनसरी
यस प्रचालाई पुनः टाइप गरी प्रकाशन गर्ने:

जङ्गबहादुर पुरी, बाबियाखर्क, ऐसेलुखर्क गाउँपालिका वडा नं.४, खोटाङ ।

अस्थायी बसोबास: डिल्लीबजार, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *