‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’ का लागि कोष स्थापना

राजनीति समाचार

काठमाडौं, ३ चैत्र । प्रेस युनियन तनहुँले स्वर्गीय पत्रकार बलराम बानियाँको स्मृतिमा पत्रकारिता अक्षय कोष स्थापना गरेको छ । तनहुँको भानु नगरपालिका–१३ निवासी बानियाँको स्मृतिमा प्रेस युनियनले पत्रकारिता अक्षय कोष स्थापना गरेको हो ।

कोषका लागि बानियाँका दाजु भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले रु २० हजार सहयोग गर्नुभएको छ । उक्त रकम बानियाँले प्रेस युनियन तनहुँँका अध्यक्ष अमरराज नहर्कीलाई आज हस्तान्तरण गर्नुभयो । वडाध्यक्ष बानियाँले स्व बलरामले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षय कोष निर्माण कार्यको शुरुआत गरेकामा प्रेस युनियन तनहुँलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

अक्षय कोषका लागि परिवारकै तर्पmबाट साथ, सहयोग, हौसला र रकम प्रदान गरेकामा युनियनका अध्यक्ष नहर्कीले आभार व्यक्त गर्नुभयो । पत्रकारिता अक्षय कोषको ब्याजबाट समाज परिवर्तनको लागि विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई पुरस्कार प्रदान गरिने नहर्कीले जानकारी दिनुभयो । अक्षय कोषका लागि परिवारजनको सल्लाहअनुसार युनियनका अध्यक्ष नहर्कीको संयोजकत्वमा तीन सदस्यीय अक्षय कोष निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यमा बाबुराम खनाल र स्व बलराम बानियाँका दाजु क्या जगतबहादुर बानियाँ रहनुभएको छ ।

पत्रकार बलराम बानियाँको परिवारजन, आफन्तजनका साथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट सङ्कलन गरी अक्षय कोषमा रकम जम्मा गरिनेछ । कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँको गत साउन २६ गते निधन भएको थियो ।