११ आश्विन २०७८, सोमबार

पाटी एकता जोगाऔँ

kamdardainik.com (First, Fast & Accurate)

-धर्म दत्त ढुंगाना

 

अदालतको फैसलाले हामी जस्ता भुइँ मान्छे र नेपालका श्रमजीवी बर्ग जो सधै नै बाम गठबन्धन होस्, परिवर्तनका पक्षपाती एक हुनुपर्छ भन्ने हरूका लागि सहि निर्णण थिएन् । अदालतको आदेश सबैले मान्नुपर्छ । अदालत को फैसला पछि बिधिवत रूपमा पाटि पहिलेकै अबस्था मा नेकपा एमाले र माओवादि (केन्द्र) भए पछि त्यसै अनुरूप चल्नु पर्यो । नेकपा एमालेको हकमा पाटीको अर्को महाधिवेशन नभको अबस्था सम्म पाटीको निर्वाचित अध्यक्ष केपि शर्मा ओलिनै हुनुहुन्छ । पाटी उहाँको नेतृत्वमा अगाडी बढ्छ र बढनु पर्छ । नेकपा माअमाओवादी  (केन्द्र) बाट आफ्नो पाटी र संसद पदको समेत त्याग्न तयार हुँदै नेकपा एमालेमा समाहित हुने नेताहरू को उचित ब्यवस्थापन गर्दा माधव नेपाल पक्षले टाउको दुखाउनुको के अर्थ हुन्छ र ? पाटीमा अहिले आईरहेको समस्याको मुख्य जड भनेकै माधव नेपालको ब्यक्तिगत कृण्ठा र पदलोलुप नै हो । बिधि, पद्वति र नितिको गित गाएर नथाक्नेले पदको लागि अर्को महाधिवेशन सम्म कुर्न किन नसकेको भन्ने आमजनताको प्रश्नको उत्तर दिनु पर्छ कि पर्दैन ? तत्कालीन जननेता मदन भण्डारिको हत्या पछि पाटीको नेतृत्वमा १५ बर्ष पाटी महासचिव बन्नु भएको थियो त्यो पनि टिका लगाएर अझै पद प्रति यति धेरै आशक्ति  र मोह केको लागि फेरि । तपाईं नेतृत्वमा पाटीले के पायो लोक बहादुर चन्दको सरकारमा सहभागिता, महाकालिसन्धि पारित, सङकटकाल लगाउने सरकारको निर्णयमा सहि छाप र प्रतिगमन आदि सञ्चियो भन्दै प्रधानमन्त्री हुने दौडमा सहभागी पाटीको कुन बिधि र पद्वति अनुसार थियो त्यसको पनि उत्तर दिनु पर्ला नि ? कि बिधि, पद्वति आफु बहुमत हुदाँ ठिक आफु अल्पमतमा हुदा गलत भन्ने त हुन्न होला माधव कामरेड ।

पाटी तपाईंको नेतृत्वमा हुदा तहसनहसको अबस्थामा पु्ग्यो, सबै पाटी संग मिल्ने नाममा कुनै पनि निर्णय गर्न नसक्ने पङगु भएको थियो पाटी, लिङग पनि छुट्टिन गार्यो थियो पाटीको त्यसको भागिदार को हो त्यसको जवाफ दिनु पर्छ पर्दैन ? तपाईं नेतृत्वमा पाटीको सर्वनाश हार भयो र नैतिकता आधारमा आफ्नो पद बाट राजिनामा दिनु भयो त्यो सहि निर्णय थियो । त्यस पछि पाटीमा पुर्ण लोकतान्त्रिक बिधि मार्फत चुनाब माफर्त नेतृत्व चयन हुने ब्यवस्था गरियो जुन बिधि आज सबै पाटी अनुशरण गर्दै छन् । नेकपा एमालेको अहिलेको जनमत पाटी अध्यक्ष केपि शर्मा अोलिको नेतृत्वमा प्राप्त भएको हो भन्न र स्वकार्न किन नसक्नु भएको अहिले सम्म। अदालतको फैसला पछि पाटी पहिलेकै अबस्थामा अनुशासित र एक ढिंक्का किन हुन नसकेको । बिधि, पद्वतिको गित गाउनेले अर्याल होटलमा कसरि कार्यक्रम गर्न सकेको फेरि, पाटीको भएको अन्तरबिरोध छलफल बाट निर्कोलो हुने बाटो छोडेर राष्टिय कार्यकर्ता भेला बोलाएर पाटी एक बनाउन खोजेको कि पाटी बिभाजित बनाउन खोजेको यसको पनि उत्तर दिनु पर्ला नि । पाटी अध्यक्ष र माहासचिवले बोलाएको केन्द्रिय कमिटि र संसदीय दलको बैठकमा सहभागी नहुने र सहभागी हुने चाहेने संसद लाई जान नदिने पाटीको कुन बिधि र पद्वति बाट भएको छ त्यसको उत्तर पनि त दिनुपर्ला नि कि पर्दैन् । अहिले पाटीमा जुन किसिमले समानान्तर रूपमा महिला, बिध्यार्थि ,युवा र किसान संगठनको भेला गर्दै बिधि र पद्वति बिपरित पद बाढ्दै हिडनुले के तपाईं हरू पाटी बिभाजनको बाटोमा हुनुहुन्छ र त्यसको मार्ग निर्माण गर्दै हुनुहुन्छ किन नभन्ने ? अझै पनि समय छ पाटी लाई एक ढिक्का बनाउदै बर्तमान सरकार लाई निरन्तरता दिदै जानु पर्छ । पाटी लाई पुर्नजिवन दिन अाफ्नो ब्यक्तिगत कृण्ठा र महत्वकाक्षा लाई थाति राख्दै तत्काल सहमतिमा पाटी लाई महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्न जरूरि छ त्यसले आम कार्यकर्तामा नया उर्जा भर्ने छ। मन्त्रिमण्डल पुर्नगठन र प्रधानमन्त्रीको सल्लाहकार समुह परिबर्तन गर्दै पाटी लाई निर्बाचन केन्द्रित गर्न जरूरि छ ।

 

अबको डेढ बर्षमा संसदिय चुनाव र एक बर्षमा स्थानिय निकायको निर्बाचनमा देश जादै छ त्यसमा नेतृत्वको ध्यान जान जरूरि छ । अाउदो निर्वाचन सम्ममा फेरि नेकपा माओवादी वादि केन्द्र संग एकिकरण गर्ने कोसिस गर्नु पर्छ एकिकरण सम्भव नभए बृहत बाममोर्चा बनाएर निर्वाचनमा जानु नै सहि हुनेछ् । फेरि पनि नेताहरू एक हुने र आफ्नो ब्यक्तिगत कृण्ठा र महत्वकाक्षा त्यागेर अगाडि बढ्ने हो भने अबको जनमत पनि नेकपा एमाले र बामपन्थिहरू को नै हो र हुने छ । जय होस् एमालेजनको ।

(लेखक ने.क.पा(एमाले) का युवा नेता हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *