सन्तोष खड्का
सौल, दक्षिण कोरिया
अप्रिल ०४ तारिखका दिन नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री श्रद्देय नेता स्व. नविन्द्रराज जोशी ज्यूको असामयिक देवहासन भएको नवौँ दिनको पुण्यतिथि पारेर नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाका सभापति आस्था बिन्दु मल्लको अध्यक्षतामा कार्यसमितिका पदाधिकारीहरू, विभागिय प्रमुखहरू,केन्द्रिय सदस्यहरू, अग्रज ,सल्लाहकारहरू एंव जनसम्पर्क समिति सम्बद्ध महानुभावहरुको उपस्थितिमा नेपाली जनसम्पर्क समिति ,दक्षिण कोरियाले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा नेता स्व. जोशिको आत्माको चिर शान्तिको कामना गर्दै पुष्प गुच्छा अर्पण गरी माल्यार्पण सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

