विष्णु चौलागाईं
सन्तवीर लामा कफी व्यवसायमा १९८८ मै लागेका हुन् । १९८८ देखि हालसम्म पनि उनी कफी व्यवसायमै छन् । चौरीदेउराली गाँउपालिका–६, कात्तिके देउराली, काभ्रे निवासी सन्तवीरलामा कफीसँगै सामाजिक क्षेत्र, शिक्षा क्षेत्र, पर्वतारोहण क्षेत्रमा पनि क्रियाशिल छन् । उनी हाल नेपाल पर्वतारोहण संघका अध्यक्ष पनि हुन् । प्रभा क्याम्पस, कात्तिकेदेउराली, काभ्रेका अध्यक्ष सन्तवीर लामा त्यस क्षेत्रमा सामाजिक व्यक्तित्वमा पनि चिनिनु हुन्छ । नेपालको कफीका बादशाह सन्तवीर लामाले १९९३ देखि नेपाल सरकारलाई राजश्व तिर्दै द एभेरेस्ट कफी को नामबाट नेपाललाई विश्वभर चिनाउदै आएका छन् । नेपालमा जब सन्तवीर लामाले कफी खेतीको शुरुवात गरे त्यस बेला देखिनै कृषकहरुलाई कम्युनिटी बेसमा कफी उत्पादन गर्न लगाउने, कफी विशेषज्ञहरुलाई गाँउ गाँउमा पु¥याई नेपाली कफीलाई इन्टरनेशनल रुपमा पु¥याउन उहाँको ठूलो योगदान छ ।
सन्तवीर लामा लगाएत अन्य केही कफी व्यवसायीहरु मिलेर नेपालमै चिया तथा कफी विकास बोर्डको पनि उहाँहरुले स्थापना गर्नु भयो । नेपालको गाँउ गाँउमा पुगेर नेपाली कृषकहरुलाई कफीमा प्रोत्साहन गर्दै कृषकहरुले उत्पादन गरेको कफीलाई किनेर विदेशसम्म पनि उहाँले पु¥याउनु भयो । नेपालबाट पहिलो कफी विदेश निकासी गर्नेमा उहाँ कै कम्पनी द एभेरेस्ट कफी पहिलो हो । सुरुका दिनमा जापानमा उहाँहरुले कफी निकासी गर्नुभयो, त्यसपछि विश्वका धेरै देशहरुमा पनि अहिले उहाँको कफी निर्यात हुने गर्दछ । नेपालमा ज्वाइन्ट भेन्चरमा कफी उत्पादन गर्ने पहिलो व्यक्ति पनि सन्तवीर लामा नै हुनुहुन्छ । उहाँले ताइवान सँग मिलेर कफी उत्पादन र निर्यात गरि रहनु भएको छ । नेपालका कफी हुने सबै जिल्लामा उहाँ पुग्नु भएको छ । नेपालको काभ्रे, सिन्धुपाल्चोक, कास्की, गुल्मी, बाग्लुङ लगायत कफी हुने सबै जिल्लामा पुगेर किसानहरुलाई तपाईहरु धेरै भन्दा धेरै कफी उत्पादन गर्नुस् त्यसको बजारको जिम्मा हामीहरु लिन्छौ भन्दै कफि कृषकहरुलाई भन्नु हुन्छ । पछिल्लो समय उहाँलाई नेपालको कफीलाई समाप्त पार्न विभिन्न संघ संस्थाहरु लागेकोमा चिन्ता लागेको छ । नेपालको भन्दा कमसल क्वालिटिको कफी नेपाल भित्राएर नेपाली व्यापारीहरुले आफ्नो देशको ओर्जिनल कफीलाई ओझेलमा पारेकोमा उहाँलाई ठूलो चिन्ता छ । नेपाली व्यापारीहरुले आफ्नो देशको ओर्जिनल कफी चलाउन नसकेर विदेशबाट कमसल क्वालिटिको कफी ल्याई नेपालको कफी भनेर मार्केटिङ गरेकोमा यस तर्फ सरकारको छिटो भन्दा छिटो ध्यान पुग्न उहाँ आग्रह गर्नुहुन्छ । नेपाली कृषकहरुले उत्पादन गरेको कफीलाई ओझेलमा पार्ने तत्वहरुलाई कारवाही गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराउनु हुन्छ ।
पछिल्लो दिनहरुमा क्याफेको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । सोही कारण नेपालमा अहिले कफीको बजार पनि राम्रो हुँदै गएको छ । ती क्याफेहरुमा नेपाली कफीको स्वाद हुनुपर्ने कफीका बादशाह सन्तवीर लामा बताउनु हुन्छ ।
सुरुवातमा नेपाली कफीको जति अन्तर्राष्ट्रिय स्तरमा माग थियो । अहिले आएर नेपाली कफीलाई गाह्रो बनाइएको उहाँको ठहर छ । हुनत नेपाली बजारमा पनि खपत त भइरहेको छ । चियाको सट्टा कफी र क्याफे नेपालमा पनि धेरै खोलिएका छन् । त्यसमा कफीका बादशाह सन्तवीर लामा सन्तुष्ट हुनुहुन्छ ।
टेष्टकै कुरा गर्दा नेपाली कफी हिमाली क्षेत्रको हावामा फलेको कारणले संसारको प्रतिस्पर्धामा राम्रो भन्ने रिजल्ट पनि आएको उहाँ बताउनु हुन्छ । विगत ५–६ वर्षको दौरानमा व्यवसायीहरुले पनि र बजारीकरण गर्नेहरुले पनि कफी नै हो भन्ने कुरा गरेर आफ्नो आत्मविश्वास गुमाएको कारणले अहिले अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी विक्नलाई गाह्रो भएको उहाँको ठम्याई छ । यो व्यवसाय सुरुवात गर्दा कम्युनिटी बेसमा हामीले कामको सुरुवात गरेका थियौ । संगोल बनाएर, ग्रुप बनाएर कफीलाई हामीले प्रोडक्सन गरेका थियौ । त्यो कफीलाई चाँही स्वदेश र विदेशमा पठाएर नेपालको कफी हो है भनेर चिनाएका थियौ । तर अहिले पहिलेको जस्तो अवस्था रहेन । कुन कम्पनीले कहाँको कफी किनेको छ थाहा नै हुँदैन । च्याउ उम्रेको जसरी कफीको महान व्यक्ति भन्दै थुप्रै कम्पनी हिजो आज खोलिएका भेटिन्छ । सोही कारण अहिले नेपालमा कति कफि व्यवसायी छन् भनेर एकिन गर्ने गाह्रो छ सन्तवीर लामाले भन्नु भयो । अहिले त त्यही इन्टरनेट र फेसबुकतिर पो हर्नुपर्ने अवस्था आयो । यसरी प्रतिस्पर्धा गर्ने नाममा पछिललो समय बजारमा आएका व्यवसायीहरुले नेपालको कफीको इज्जत जिरोमा पु¥याएको उहाँ बताउनु हुन्छ ।
यो भिडमा हामी भिन्न रुपमा उभिएका छौं उहाँले काभ्रे पोष्टलाई भन्नुभयो । आफ्नो पृथक पहिचान कायम राखेका छौं । कफी भनेको खरिदकर्ताले राम्रो भन्नुपर्छ । अर्को कुरा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नेपालीहरुले दुई कुरा राम्रोसँग सोच्नु पर्छ । एउटा नेपालमा कफी प्रोडक्सन कति गर्ने भन्ने अर्को नेपालको कफीको न्युनतम मुल्य कति भन्ने कुरा ?
डिमान्ड चाँही १० हजार टन माग्छन् भने यहाँ चाँही ३ टन पनि छैन । त्यसले कसरी प्रतिस्पर्धा गर्ने ? जस्तो डिमान्ड अनुसारको रिजनेवल प्राइसमा बेच्नसक्नु प¥यो । नेपालको मुल्य सबैभन्दा महंगो भाको छ । त्यसले गर्दा विदेशीको डिमान्ड र नेपालीले उत्पादन गरेको न्युन कफीको कारणले गर्दामा नेपालमा कफि आफै खुम्चिएर गएको छ । हामीले सुरुवात गर्दाखेरी धेरै कम्पनीहरु थिएनन् । हामीले सुरुवात गर्दा खेरीमै १० देखि १५ हजार कृषकलाई नाफा हामी नै गराउथ्यौ । त्यो भन्दाखेरी १०–१५ हजार परिवारलाई हामीले जागिर दियौ भन्ने होइन । घर घरमा आम्दानी सिर्जना गरायौ । अहिले त लेखाजोखा छैन । जसले सक्छ, त्यसैले गर्ने हो । तर राम्रोसँग मिहिनत गर्ने कृषकहरुलाई पनि हिलो छयाप्ने काम भएको छ । कफी रोप्ने कृषकले भन्दा बिचका दलालहरुले बढी फाइदा लुटेका छन् । नेपाली कफीको पहिलेको नाम माटोमा मिलाएका छन् । जसले गर्दा यस व्यवसायमा गाह्रो भएको छ । पहिलो त कफी उत्पादन गर्नका लागि नेपाल सरकारले खाली जमिन प्रइभेट, पार्टनरसीपमा उपलब्ध गराउनुपर्छ । कुनै पनि मन्त्रालयले कृषकको हीतमा काम गर्नुपर्छ । जङ्गल र जमिनहरु खेर गइरहेका छन् । ती ठाँउमा सरकारको ध्यान पुग्नुपर्छ । नेपाली कृषकलाई प्रोत्साहन दिनुपर्छ, कफी व्यवसाय गर्ने कृषकहरुलाई सरकारले राहत दिनुपर्छ । विदेशमा पनि कसरी कफी खेती भएको छ । नेपाली किसानहरुलाई देखाउनुपर्छ विदेशको प्रविधि नेपालमा भित्राउनु पर्छ । हिमाल हेर्न विदेशीहरु नेपालनै आउने हुन् हिमाल हेर्दै उनीहरुले नेपाली कफी नै खाने हुन् सन्तवीर लामा बताउनु हुन्छ ।
