विष्णु चौलागाई
धुलिखेल । राजश्व प्राय शून्य रहेको चौरी देउराली गाउँपालिकालाई वार्षिक ४ करोड ७० लाख ८६ हजार २ सय २१ रुपैया उठाउन आई.ई.ई ले प्रतिवेदन दिएको छ । जिल्ला समन्वय समितिको कार्यालय धुलिखेलमा आई.ई.ई ले उक्त प्रतिवेदन दिएको हो । चौरी देउराली गाँउपालिकाले राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरीे आई.ई.ई प्रतिवेदन मागेको थियो । जिल्ला समन्वय समितिको कार्यालय धुलिखेलमा जिल्ला समन्वय प्रमुख उद्व के.सी, चौरी देउराली गाँउपालिका अध्यक्ष दिननाथ गौतम, जिल्ला समन्वय अधिकारी कोमल धमला, चौरी देउराली गाँउपालिका प्रशासकीय अधिकृत टार्जेन कुमार लिम्बु, जिल्ला बन अधिकृत, प्रमुख जिल्ला इन्जिनियर, स्थानीय सञ्चारकर्मी, प्रशासनका प्रतिनिधि लगाएतको रोहवरमा आई.ई.को उक्त प्रतिवेदन आएको हो । चौरी देउराली गाँउपालिकाले ओगटेको सुनकोसी नदी क्षेत्रमा २ खण्ड र चौरी खोला क्षेत्रको १ खण्ड गरी प्रतिवेदन आएको छ । सुनकोसी नदी क खण्डमा खहरेघाट वगर, नकाटी वगर र पचुवारघाट वगरबाट नदीजन्य पदार्थ उत्खनन गर्न मिल्ने प्रतिवेदनमा उल्लेख छ । सुनकोसी नदीको खहरेघाट वगर, नकाटी वगर र पचुवारघाट वगर क्षेत्रबाट वार्षिक ६६ हजार ९ सय ७६ घ.मि. नदी जन्य पदार्थ निकाल्न मिल्ने छ । ती ठाँउबाट दैनिक २ सय ४८ घ.मि र वार्षिक २३ लाख ६५ हजार २ सय ३६ क्युफिट नदी जन्य पदार्थ बालुवा, ढुंगा गिट्टी निकाल्न मिल्ने बताइउको छ । जसबाट २ करोड १२ लाख ८७ हजार १ सय ३६ रुपैया राजश्व चौरीदेउराली गाँउपालिकालाई उठ्ने छ ।
त्यसैगरी चौरी देउराली गाँउपालिकाको टिम्रेनी बेशी, जगाती वगर र दोभानटार बगरबाट वार्षिक ६६ हजार ७ सय ३६ घ.मि नदी जन्य पदार्थ निकाल्न भनिएको छ । वार्षिक २३ लाख ५६ हजार ७ समय ६२ क्युफिट नदी जन्य पदार्थ निकाल्न मिल्ने उक्त ठाँउहरुबाट दैनिक २ सय ४७ घ.मि. नदी जन्य पदार्थ निकाल्न मिल्ने प्रतिवेदनमा उल्लेख छ । जसको राजश्व वार्षिक २ करोड १२ लाख १० हजार ८ सय ५८ उठ्ने छ ।
त्यसैगरी चौरी देउराली गाँउपालिकाको चौरी खोला क्षेत्रको लामबगर, आमवोटे बगर माझीफेदा वगर र नागरे वगरबाट पनि नदी जन्य पदार्थ बालुवा, ढुंगा गिट्टी निकाल्न मिल्ने प्रतिवेदनमा उल्लेख छ । सुनकोसी नदीको तुलानामा उक्त क्षेत्रमा कम नदी जन्य पदार्थ निकाल्न मिल्ने प्रतिवेदनमा उल्लेख छ ।
उक्त क्षेत्रहरुबाट वार्षिक १४ हजार ४ सय ३६ घ.मि. मात्र नदीजन्य पदार्थ निकाल्न पाइने छ । दैनिक ५३.४७ घ.मि र वार्षिक ५ लाख ९ हजार ८ सय ३ क्यू फिट नदी जन्य पदार्थ निकाल्न पाइने चौरी खोलाको उक्त क्षेत्रबाट चौरी देउराली गाँउपालिकालाई वार्षिक ४५ लाख ८८ हजार २ सय २७ राजश्व उठ्ने छ । चौरी देउराली गाँउपालिकाको उक्त क्षेत्रमा धेरै ठाँउमा मोटर बाटो पुगेको छ भने मोटर बाटो नपुगेको ठाँउमा गाँउपालिकाले मोटरबाटो पु¥याइदिनु पर्ने छ । भौतिक, सास्कृतिक, आर्थिक र जैविक प्रविधिलाई नविगार्ने गरी नदी÷खोलाले बगाएर ल्याएको ढुंगा, गिट्टी, बालुवा उत्खन्न हुँदा नदी÷खोला छेउ वा खेतहरुमा हानी नोक्सानी कम हुने स्थानीयहरुको भनाई छ । वर्षामा खोला नदीले धेरै ढुंगा, गिट्टी, बालुवा बगाएर स्थानीयहरुको खेतमा हालीदिने हुँदा धेरैको उठीवास पनि भएको थियो । चौरी देउराली गाँउपालिकाले नदी खोला मात्र नभएर आफ्नो गाँउपालिका भित्र रहको अन्य खानीहरु नाग्रेमा रहेको तामा खानी, सुनखानीढाँडमा रहेको सुनखानी, ढुंगाखानी, बाङथलीमा रहेको पानी, अन्य वडाहरुमा रहेको ढुंगाखानी, वनहरु लगाएत सबै खानीहरुलाई उत्खन्न गरी चौरी देउराली गाँउपालिकामा धेरै भन्दा धेरै राजश्व उठाई समृद्ध गाँउपालिका बनाउन पनि विज्ञहरुको सुझाव रहको छ । आई.ई.ई ले दिएको प्रतिवेदनलाई पालना गर्दै छिटो भन्दा छिटो सुनकोशी नदी र चौरी खोलाको उक्त क्षेत्रहरुमा गाँउपालिकाले ठेक्का टेण्डर आव्हान गर्ने पनि चौरीदेउराली गाँउपालिकाका अध्यक्ष दिननाथ गौतमले काभ्रे पोष्ट साप्ताहिकलाई बताउनु भयो ।
