बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा

कोरियाअपडेट समाचार

सन्तोष खड्का

कामदार दैनिक

दक्षिण कोरियाको ह्वासंगस्थित सुवन शहरमा आइतबार बर्दियाली एकता समाजको भेलाले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । एकता समाजको अधिवेशनबाट गोबिन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

भेलाले संस्थाको संरक्षकमा हेमन्त शाहलाई चयन गरेको छ, भने बर्दियाली एकता समाजको अधिवेशन एनआरएनए काेरियाका उपाध्यक्ष यदु लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो।

 

यसैगरी नवगठित कार्यसमितिमा चयन भएका पदाधिकारीहरुमा संस्थाको वरिष्ठ उपाध्यक्षमा ईश्वर सुवेदी, उपाध्यक्षमा ललित बडुवाल, उपाध्यक्षमा निश्चल चन्द, महासचिवमा रमेश हमाल, सचीवमा भीम बडेला, कोषाध्यक्षमा खुसीराम चौधरी रहेका छन् ।

यस्तै, सदस्यहरूमा टेक बहादुर कँडेल, गोविन्द प्रसाद चौधरी, भरत देवकोटा, दिनेश मगर, सन्तोष जि. सि, शम्भु भट्टराई, प्रितम ठकुरी, कमल खनाल, भक्तिराज आचार्य, हरिश जोशी, खगेन्द्र राज खनाल, ध्रुब अधिकारी रहेका छन्।

अध्यक्ष गोबिन्द शर्मा लगायत सम्पूर्ण निर्बाचित पदाधिकारीहरूलाई कामदार दैनिक परिवार  हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ