जनसम्पर्क समिति क्षेत्र नं. ८ छुङ्बोकको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कोरियाअपडेट समाचार

कामदार दैनिक 

सौल, दक्षिण कोरिया 

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको क्षेत्र नं. ८ छुङ्बोकको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदानमाको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया क्षेत्र नं. ८ छुङ्बोकका का. बा. सभापति दिपक विश्वकर्मा लगायत सिंङ्गो क्षेत्रीय कार्य समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो।

 

 कार्यक्रमका प्रमुख अतिथिको रूपमा  केन्द्रीय सभापति आस्था विन्दु मल्ल,  बिशेष अतिथि एंव अतिथिहरूमा उप सभापति जितेन्द्र महता, महामन्त्री कुमार थापा, संगठन विभाग प्रमुख खेमराज देवकोटा, समुन्वय विभाग प्रमुख कविराम भण्डारी लगायतका वक्ताहरुले आफ्ना धारणासहित संगठनका गतिविधि बारे र कृयाशिल सदस्यता वितरण सम्बन्धि जानकारी गराएका थिए। साथै कृयाशिल वितरण भईरहेको र सम्पर्क गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दै कृयाशिलमा कसैलाई अन्याय नहुने समेत स्पष्ट पारिएको थियो।उक्त कार्यक्रममा कृयाशिल सदस्यता पनि वितरण गरिएको थियो।