२ जेष्ठ २०७८, आईतवार

दक्षिण कोरियाको न्याय मन्त्रालय द्वारा विनोद कुँवर लगायत विभिन्न रास्ट्रका प्रतिनिधि संग छलफल, सबै विदेशीहरुलाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउन माग

kamdardainik.com (First, Fast & Accurate)

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

दक्षिण कोरियाको न्याय मन्त्रालय द्वारा एन आर एन ए एशिया प्यासिफिक आईसिसी प्रतिनिधि एंब सफल ब्यबसायी विनोद कुँवर लगायत विभिन्न रास्ट्रका प्रतिनिधि संग छलफल गरेको छ। कार्यक्रममा दक्षिण कोरियाली न्याय मन्त्री पार्क वोम क्यू, दक्षिण कोरिया अध्यागमन विभागका कमिसनर छा ग्यु गुन तथा निर्देशक किम व्यङ छुल लगायत कोरियाली सरकारका बिभिन्न विशिस्ट कर्मचारीहरु एंव नेपाल, पाकिस्तान, बंगालदेश, टर्कि लगायत   बिभिन्न  राष्टका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा वोल्दै न्याय मन्त्री पार्क वोम क्यू ले कोरोना नियन्त्रण तथा रोकथामका लागी अपनाउनुपर्ने सावधानीका बारेमा बिभिन्न मिडियामा सुचना तथा मोवाईलमै अलर्ट दिने जस्ता सुचना दिइएको भएतापनि  विभिन्न रास्ट्रका प्रतिनिधिहरुलाई वोलाई कार्यक्रममा गर्नुको उद्देश्य यो माहामारी नियन्त्रणमा सबैको सहभागिता र अपनत्व रहोस् भन्ने रहेको र यो माहामारी नियन्त्रणको लागि प्रभावकारी रूपमा सबैले आफ्नो स्थानबाट सहयोग गर्न हार्दिक अनुरोध समेत गरे।

 

छलफल विशेषगरी कोरोना नियन्त्रण तथा सावधानी, विदेशीहरूको भिषागत समस्या, कोरोना नियन्त्रणमा सहकार्य  एंव निशुल्क उपचार एंव बिना भेदभाब निशुल्क  भ्याक्सिनको उपलब्धता लगायत बिभिन्न समसामयिक समस्याहरुको बारेमा छलफल भएको थियो।

 

बिभिन्न राष्ट्रका प्रतिनिधिरूले आ-आफ्नो धारणा राखेका थिए। यसै क्रममा नेपालको तर्फबाट विनोद कुँवरले विदेशी नागरीकहरलाई विना भेदभाव कोरोनाको भ्याक्सिन  उपलब्ध गराउन तथा कोरोना संक्रमित विदेशीहरंलाइ निशुल्क उपचार गराउन बिशेेष ध्यानाकर्षण गराउदैैँ बिदेशिहरुको भिषागत समस्यालाई पनि गम्भीरताका साथ लिनको लागि अध्यागमन बिभागलाई अनुरोध समेत गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *