२ जेष्ठ २०७८, आईतवार

विश्व प्रेस स्वतन्त्रता दिवस

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस, सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ आज मे महिनाको ३ तारिखको दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैछ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतकुमार पुरीले भन्नुभयो– विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा समाचार लेखेकै भरमा पत्रकार मारिने, बेपत्ता हुने, मरनासन्न कुटाइ खानुपर्ने जस्ता अमानवीय क्रियाकलाप रोकिएका छैनन् । उहाँले भन्नु भयो– पत्रकारले अन्यायमा परेका जनताका आवाजलाई बाहिर ल्याउने र अराजक गतिविधि, भ्रष्टाचारका विरुद्ध समाचार लेख्दा राज्य तथा आपराधिक समूहबाट पत्रकारमाथि हुने दुव्र्यवहार रोकिनु पर्छ । उहाँले पत्रकार भनेका देशको ऐना हो भन्दै देशमा सुशासन ल्याउन, विकास निर्माणमा भएका अनियमितता रोक्न, भ्रष्टाचार र कालाबजारी रोक्नका पत्रकारले बुलन्द आवाज उठाउनु पर्ने बताउनुभयो ।

उहाँले अहिले विश्वभर कोरोना महामारी व्याप्त छ, यस्तो स्थितिमा पत्रकारहरुलाई कार्यक्षेत्रमा गएर काम गर्न कठिन छ भन्नुभयो । उहाँले कोरोना महामारीबाट जोगिएर कुरिती, भ्रष्टाचार, अनियमितताका बारेमा कलम चलाउन हौसला मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।

विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको गर्दै यो दिवस मनाउने गरिन्छ । हरेक वर्षको मे महिनाको ३ तारिख विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइ प्रचलन छ । राज्यले प्रेसमाथि गरिने दमनका विरुद्ध र स्वतन्त्र रुपमा पीडित, दुःखी जनताको आवाज बाहिर ल्याउने प्रयास स्वरुप गरिएका संघर्षका दौरानमा कैयौं पत्रकारहरुले प्राण आहूती दिए । उनीहरुले गरेको वलिदानीपूर्ण संघर्षको फलस्वरुप आजको प्रेस स्वतन्त्रता सम्बन्धी उपलब्धीलाई मान्नुपर्छ । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

यो वर्षपनि कोरोना महामारिका कारण समाचार मिडियाको आर्थिक पूर्णता इन्टरनेट कम्पनीहरूको पारदर्शिता अनि मिडिया साक्षरतामा जोड दिँदै विश्वभरि भर्चुअल कार्यक्रमबीच यो दिवस मनाइँदैछ ।

उहाँले पछिल्लो दशकमा लोकतन्त्रको पुर्नआगमन सँगै नेपालमा पनि पत्रकारिता कर्मप्रतिको उत्साह बढेको बताउनुभयो । रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टेना तानेपछि समात्ने नेपाली तरंग आकाशमा सैयाँैको संख्यामा भएको बताउनु भयो । टीभी, पत्रिका, अनलाइन गरी विभिन्न स्वरूपमा धेरै सञ्चार केन्द्रहरू विकास भएका छन् । सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिएको खण्डमा लोकतन्त्र अनि सूचनाको अधिकारमा नै धक्का पुग्ने पुरीले बताउनुभयो ।

उहाँले सञ्चारकर्मीहरूमाथि बन्देज लगाउने, बन्दी बनाउने, आक्रमण अनि हत्या सम्मका क्रियाकलाप हुँदै आएका बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *