११ असार २०७८, शुक्रबार

कांग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । गच्छदारकी पत्नी निर्मला गच्छदारको आज बिहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा निधन भएको कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मीन बिश्वकर्माले जनाए ।

उनको झण्डै ६ महिनाअघि लिभरमा समस्या देखिएपछि नयाँ दिल्लीमा उपचार भएको थियो । पछिल्लो समय मृगौलामा समेत समस्या हुन थालेपछि उनको दिल्लीमै नियमित स्वास्थ्य परिक्षण हुँदै आएको थियो । केही समय शिक्षण अस्पतालमा लिभर र मृगौलाको उपचार गराएकी निर्मला गच्छदार थप उपचारको लागि नयाँ दिल्ली लैजाने योजना कोरोनाका कारण रोकिएको पारिवारिक स्रोतले जनायो ।

स्वास्थ्यमा खारावी आएपछि ६ दिनअघि मात्र नर्भिकमा भर्ना भएकी श्रीमती गच्छदारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बालुवाटार जग्गा प्रकरणमा मन्त्रिपरिषद्मा फाईल टेबुल गरे बापत अख्तियारले गच्छदारलाई भ्रष्टाचारको अभियोग लगाएको थियो ।

मृतआत्माको चीर शान्ति र शोकसन्तप्त परिवारजनप्रति कामदार दैनिक डट कम परिवार हार्दिक समवेदना प्रकट गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *