११ असार २०७८, शुक्रबार

प्रवासी नेपाली मञ्च कोरियाको ओइजङ्बु संयोजकमा जयराम रिमाल

kamdardainik.com (First, Fast & Accurate)

कामदार दैनिक 

सउल, दक्षिण कोरिया।

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको वेइजङ्बु क्षेत्रका संयोजकमा जयराम रिमाल नियुक्त भएका छन। उनलाई प्रवासी नेपाली मञ्च दक्षिण कोरिया केन्द्रिय कार्यसमितीको बैठकले उक्त पदमा नियुक्त गरेको हो। मञ्चको बैठक भर्चुल रुपमा बसेको थियो। शुभराज भोम्जनको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

नेपाल कम्युनिष्ट पार्टि एमालेको भातृ संगठनको रुपमा विभिन्न देशहरुमा प्रवासी नेपाली मञ्चले काम गरिरहेको छ। विभिन्न देशहरुमा छरिएर रहेका आफ्ना कार्यकर्ताहरुलाई संगठित एवम क्रियाशिल बनाउने उदेश्यले सन १९९६ मा प्रवासी नेपाली मञ्च गठन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *