११ असार २०७८, शुक्रबार

एनआरएन कोरियाको पन्जिकृत सदस्यता आवेदनको समय थप्न कोरियाका बहुसङ्ख्यक संघ संस्थाको माग

kamdardainik.com (First, Fast & Accurate)

कामदार दैनिक

सौल,दक्षिण कोरिया

 गैर आवासिय नेपाली समन्वय परिषद  (एनआरएन) कोरियाको पन्जिकृत सदस्यता आवेदनको समय थप गर्न दक्षिण कोरियामा क्रियाशिल नेपाली संघ संस्थाहरूले गरेका छन् । ति संघ संस्थाहरूले आज एक बिज्ञप्ति सार्वजानिक गर्दै तत्काल समय थप गर्न माग गरेका हुन् । ति संघ संस्थाहरूले एनआरएन कोरियाले पन्जिकृत सदस्यता आवेदनको समय बारे जानकारी नदिएर अधिकांशले एनआरएनको सदस्य बन्न बाट बन्चित हुनु परेको भन्दै एनआरएन कोरियाको ध्यानाकर्ण गराएका हुन् ।

 

एनआरएन कोरियाले मई २२ तारिख सम्म मात्र पन्जिकृत सदस्यता आवेदनको समय तोकेको थियो। तर ति संघ संस्थाहरूले मजदुर मैत्री हुने भनेर दाबी गर्ने  नेतृत्वले मजदुरहरूलाई नै सदस्यता हुनबाट बन्चित गराउनु न्याय संगत नभएको भन्दै एनआरएन कोरियालाई सबै वर्ग र समुदायको साझा संस्था बनाउन अपिल गरेका छन्। त्यस्तै केहि दिन देखि  अधिकांशले सार्वजानिक सुचनाको अभाव, प्राविधिक कठिनाईको कारणले धेरैले आवेदनमा कठिनाई भएको र समय अपर्याप्त भएको भन्दै सामाजिक सन्जालमा समेत आक्रोश पोखिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *