काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै, स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा पुर्याउँदै ५० प्रतिशत नागरिकमा बिमाको पहुँच पुर्याउने लक्ष्य लिइएको छ ।
शनिबार आर्थिक वर्ष आगामी आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल स्वास्थ्य बिमाको लागि सरकारले ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको बताए ।
त्यसैगरी,सरकारले कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । पौडेलले खोपका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
