साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोगमा टेलिमेडिसिन सेन्टर स्थापना

मुख्य समाचार राजनीति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा चिकित्सक संघसँगको सहकार्यमा टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ । नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजन रहेका छन् ।

एक कार्यक्रम माझ आइतबार उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा गरेका थिए ।

शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरसबाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए ।

‘हाल नयां भेरियण्टको कोभिड–१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने नाराका साथ उक्त सेवा शुभारम्भ गरिएको हो’ अध्यक्ष मल्लले भने ।

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि अध्यक्ष मल्लले जानकारी दिए ।

७५३ वटै स्थानीय तह, जहाँ इन्टरनेटको पहुँच छ त्यस्ता ठाउँका बिरामीहरूले टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्, मल्लले भने, ‘यो सेवाका लागि हामीले संघलाई लजिस्टिक सपोर्ट गरेका छौं ।

टेलिमेडिसिन सेवाबाट सोझै डाक्टरहरूलाई विरामीले आफ्नो समस्या समेत भिडियो कलमार्फत देखाउन सक्ने नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले जानकारी दिए । ‘यसबाट विरामीको बस्तुस्थिति अझै सजिलोसँग चिकित्सकले थाहा पाउने र उपचारमा सजिलो हुनेछ’ सेवा बारे प्रकाश पार्दै उनले भने ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड १९ को कहरका कारण बिरामीहरुलाई अस्पातल जाउँ आउ गर्न समस्या रहेको उल्लेख गर्दै टेलिमेडिसिन मार्फत उपलब्ध हुने स्वास्थ परामर्श सेवाले आम नागरिकलाई ठुलो राहत मिल्ने धारणा राख्नु भएको थियो । ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आम नागरिकले पिडा महशुस गरिरहेको यस घडीमा स्वास्थ्य सेवा जस्तो पुनित कार्यमा जोडिन पाउँदा कर्पोरेशन परिवार आभारी रहेको बताईन् ।

नेपाल चिकित्सक संघले केही दिनअघि मात्रै कोरोना भाइरस संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरूका लागि लक्षित गर्दै कल सेन्टर पनि सञ्चालनमा ल्याईसकेको जानकारी दिए ।

ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा। रमिला श्रेष्ठ ९मास्के० ले नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री ९लजिस्टिक सपोर्ट० र ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको जानकारी दिए ।

टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ ।

आइतबार शुभारम्भ भएको टेलिमेडिसिन सेण्टर मार्फत सोमबार जेठ १७ गतेबाट सेवा आरम्भ हुनेछ । यो सेवा हाललाई प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने छ । सेण्टर संचालनमा मिडास टेक्नोलोजिजको प्राविधिक सहयोगमा गर्नेछ ।

इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइस मार्फत मेरो डाक्टर डटकमबाट यो सेवा लिन सकिनेछ । मेरो डाक्टर एप मार्फत पनि यो सेवा लिन सकिनेछ । आईतबार इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइसको पहुँच नहुनेले आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक वा स्वास्थ्य चौकी पुगेर यो सेवा लिन सक्नेछन् ।