राजदरबार हत्याकाण्ड रहस्यको गर्भमै

मुख्य समाचार राजनीति

काठमाडौं। तत्कालीन राजा बीरेन्द्रको बंशनाश हुने गरी नारायणहिटी राजदरबार हत्याकाण्ड भएको २० बर्ष पूरा भएको छ।

२०५८ साल जेठ १९ गते राति भएको अकल्पनीय हत्या हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहले ज्यान गुमाएका थिए भने पूर्बरानी कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार रहेका बेला घटेको सो दर्दनाक र अकल्पनीय घटनाको बास्तविकता अझै बाहिर आउन सकेको छैन। हत्याकाण्ड छानबिनका लागि गठन गरिएको आयोगले त्यतिबेला सो हत्याकाण्डमा तत्कालीन यूबराज दीपेन्द्रको हात रहेको प्रतिबेदन सार्बजनिक गरेपनि त्यसप्रति अनेकौंआशंका व्यक्त हुँदै आएका छन्।

दक्षिणी छिमेकी मुलुक भारतसँग निकट मानिनेहरुले हत्याकाण्डमा पूर्बराजा ज्ञानेन्द्र र युबराज पारसको संलग्नता रहेको प्रचार गर्ने गरेका छन।दिल्लीमा रहेका तत्कालीन माओवादी नेता बाबुराम भट्टराईले सोहि आसयको काठमाडौंबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा छपाएका थिए।तर मुलुकमा राजसंस्थाको अन्त्य भएर सत्तामा उनीहरूकै हालिमुहाली हुँदा समेत हत्याकाण्डको स्वतन्त्र छानबिनमा तदारुकता नदेखाउनुले अनेकौं आशंका उब्जिएका छन।

अहिलेसम्म रहस्यकै गर्भमा रहेको सो हत्याकाण्ड र भारतसँग निकट रहेकाहरूको अनर्गल प्रचारले नेपाली राजसंस्थालाई कम्जोर बनाउन मद्दत गरेको बताउनेहरुको कमी छैन। दक्षिण एसियाली मामिलाका बिज्ञ चिनियाँ प्रोफेसर वाङले भने केहि बिदेशी गुप्तचर निकाय र राजनीतिक दलहरूको मिलेमतोमा नारायहिटी हत्याकाण्ड मच्च्याइएको बताउंदै आएका छन।