१३ श्रावण २०७८, बुधबार

अलबिदा प्रिय उज्वल         

kamdardainik.com (First, Fast & Accurate)

                                                            -सन्तोष खडका

हामी बिच दर्शन र  राजनीतिक आस्था फरक थिए होला
तिमीले बुझेको देश र मैले भोगेको भुगोल फरक थिए होला
तर थिएन भिन्नता हामी दुईको गन्तव्यमा अनि अठोटमा
किनकि हामी दुबै देशले मुहार फेर्नेमा ढुक्क थियौँ र छौँ।

 

तर जिन्दगी कहाँ हामीले सोचे जस्तो छ र,
अनि सबै सपना हाम्रै जिवकालमा कहाँ पुरा हुन्छन् र ?
हो आज यस्तै भयो, तिमी मार्फत आफैंलाई  गुमाए अनि
तिम्रा सपनालाई नासोमा लिँदै बिबस छु तिमीलाई बिदाई गर्न।

 

प्रिय उज्वल थाहा छ तिमि सदैब बाँचि रहनेछौँ किनकि
नासोमा सपना सुम्पिदैँ अनन्त यात्रामा तिमी निस्कदैँ गर्दा
तिम्रा सपना र संकल्पहरू हाम्रा हुदैँ अजम्बरी भएका छन्
अनि लाखौँ करोडौँ उर्जासिल उज्वलहरू जन्मिएका छन्।

 

मलाई थाहा छ तिमि सबैका आँखाका नानी थियौँ अनि
बालक, युवा, प्रौढ र बृद एंब सम्पूर्ण नेपालीका ढुक्ढुकी पनि
किनकि तिमिले यस्तो सपना देखायौँ जुन सबैले देख्न चाहन्थे
अनि त्यही सपनाको पूर्बाधारमा समृद्ध नेपाल सम्भब थियो।

 

सोच्नु ठुलो कुरा थिएन गर्नु महत्वपूर्ण थियो, जुन तिमीले गर्यौँ गर्न सिकायौँ, अनि गर्नका निम्ति सबका उत्प्रेरक भयौँ
तर पनि यो मन अझै मान्दैन तिमी छैनौँ भन्दा,
किनकि हामी चाहन्थ्यौँ तिम्रै पालामा देश समृद्ध भएको हेर्न ।

 

बिडम्बना भनौँ या हामी नेपालीको खोटो भाग्य
जहाँ तिमीलाई अलबिदा अनि भष्टलाई देश सुम्पनुको बिकल्प छैन
तर पनि प्रिय उज्वल अब तिमीले कत्ति पिर नगरे यो देशको
किनकि अब तिम्रो सोचका लाखौँ उज्वलहरू बिउझिएँका छन्।

 

भारी मन गर्दै, तिम्रा अपुरा सपनाहरू साकार पार्ने अठोटले
मैले भन्नै पर्ने भो तिमीलाई अलबिदा उज्वल
अब देश जाग्नेछ, म होइन  हामी जाग्नेछौँ, हाम्रो कति पिर नगरे अन्नत यात्राका लागि अलबिदा प्रिय उज्वल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *