हरेश भावमा कहिल्यै नबग्नू(कबिता)

कोरियाअपडेट साहित्य

-नीगम कुमार कार्की,खस

 

अद्भूत असिमान्त,सौंर्यरुपको शक्ति हो जीवन
साहास चेतना संकल्प,संघर्ष मूहान हो जीवन

 

हरेश भावले बन्छ अन्धकार,उज्याँलो दिन पनि
विश्वास चेतना साहास,आशा जलाँउदछ पनि।

 

नयनका दृश्य छर्लङ्ग,उज्यालो भईंन्जेल भएझैं
जिवन बाँच्दछ,अनेकौं रहर लिईं अठोट लिएझैं

 

सौंन्दर्य खुल्छ धर्तिको,झिलिमिली प्रकाशसंगैं

फुल्दछ सृजना अटुट साहास जाँगर तृष्णासंगै।

 

हरेश भावमा कहिलैं नबग्नू,डढेंलो लाग्न नदिँनू
चाहेको एक सृजना नभए,हजारौं फूल नमार्नू।

 

सूर्य भएपनि,कहिं हिऊ कहिं बादल अन्धकार
जीवन संघर्ष कसिलो गर,हुन सक्ला कमजोर।

 

उहीँ धर्ति पनि,कहिं समतल पहाड कहिं सागर
अनेकमा ऊहि भईं,लिनूपर्छ कुनै सृजना गजूर।

 

हरेक सृजना स्वभा,जिवनको बाँच्ने रहर पनि
अनेकता र अमेल भएपनि,धर्ति झैं बनौं सुन्दर।