१३ श्रावण २०७८, बुधबार

काठमाडौंमा निषेधाज्ञा थपिएपछि के खुल्छ, के खुल्दैन ? सीडीओको आदेशको पूर्णपाठ

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरूले १ हप्ता निषेधाज्ञा थपेका छन् ।

काठमाडौं उपत्यकाका ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आईतवार बसेको बैठकले असार ८ गतेदेखि १ हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका छन् ।

नयाँ निर्णयसँगै काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा रहने भएको छ । तर निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।

सीडीओहरूको बैठकले निजी सवारीलाई जोरबिजोर प्रणाली अनुसार चल्न दिने निर्णय भएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।

प्रशासनको नयाँ निर्णय अनुसार अब ट्याक्सीलाई समेत जोरबिजोर प्रणाली अनुसार चलाउन पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

हप्ताका बार अनुसार केही पसल समेत खोल्न पाइने निर्णय गरिएको छ । निर्णय अनुसार आइतबार, मंगलबार र बिहीबार ११–४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न पाइने र सोमबार, बुधबार र शुक्रबार ११–४ बजेसम्म शपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल समेत खोल्न पाइने भएको छ ।

पुरानै निर्णय अनुसार खाद्यान्न, दूध, पुस्तक पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने भएको छ । निर्माण सामग्रीका पसलहरु बिहान ११–६ बजेसम्म खोल्न पाइने निर्णय भएको छ ।

undefinedundefined

 

undefined

undefined

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *