१३ श्रावण २०७८, बुधबार

NRNA कोरिया छुङ्छन नाम्दो छुङ्छन बोक्दो (थेजन) क्षेत्रिय समितिको अध्यक्षमा बास्तोलाले ऊमेद्वारी दिने

kamdardainik.com (First, Fast & Accurate)

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

NRNA दक्षिण कोरियाको छुङ्छन नाम्दो छुङ्छन बोक्दो (थेजन) क्षेत्रिय समितिको अध्यक्षमा गोबिन्द प्रसाद बास्तोला(जि.पी. बास्तोला) ले उम्मेदवारी दिने भएका छन्।

दक्षिण कोरियाको थेजन शहर र आसपासमा रहेका नेपालीहरुको साझा संस्थाको रुपमा २०१५ मा आफ्नै नेतृत्वमा थेजन नेपाली समाज नामक संस्था गठन गरि थेजनमा सेल्टर संचालन , मैत्री पुर्ण फुटबल प्रतियोगिता , नेपाली चलचित्र प्रदॅशन ,नया बर्ष र दशै तिहारमा बिभिन्न सॉस्कृतिक कार्यक्रम लगायत २०७२ सालको भुकम्पमा आर्थिक सहयोक जस्ता रचनात्मक कार्य गरि सामाजिक क्षेत्रमा ऑफुलाई अब्बल साबित गरेका थेजन नेपाली समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष गोबिन्द प्रसाद बास्तोला दक्षिण कोरियामा अति सकृय सामाजिक अभियान्ता हुन्।

 

आफुलाई अझ सक्रिय बनाउनका निम्ति उनले यहि जुन २७ तारिक आईतबार हुने एन आर एन ए दक्षिण कोरिया  क्षेत्र नम्बर २ छुङ्छन् नाम्दो छुङ्छन् बोक्दो (थेजन) को अध्यक्ष पदमा उमेद्वारी दिने घोसणा आफ्नो फेसबुक जि.पी. बास्तोला मार्फत घोसणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *