११ आश्विन २०७८, सोमबार

जीउँदो कि मुर्दो ???

kamdardainik.com (First, Fast & Accurate)

-अशोक खड्का

हजुर नमस्कार !! सन्चै हुनु हुन्छ ??? हजुर , उपाकार गर्नुपर्यो म जिउदै छु कि मरिसक्के उपकार गर्नु पर्यो भनेर सायद भन्ने थियो होला हाम्रो प्रतिनिधि सभाले कतै मानिस भएको भए के गर्ने एक चोटि त मरेर विउतेको प्रतिनिधि सभा फेरि मरेको अवस्था मा छ। अब त उठ्दैन होला । पाच वर्षे आयु लिएर आको भए नि के गर्नु ,यस्तै नियती हुने भए ।देशमा आउनु पर्ने सबै आयो प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र तर सत्तामा हालिमुहाली गर्ने शासकको मनतन्त्र सधै हाबी नै भैराख्यो ।

 

देशले जनताको प्रतिनिधि खोज्यो तर हरेक चुनावमा पार्टीको प्रतिनिधिले जित्यो, एउटै नेताले, एउटै सपना देखाएर पटक पटक चुनाव पनि जित्यो तर सपना सधै सपनाको सपना नै रहयो । बिपनामा त चप्पल लगाएर काठमाडौ छिरेको नेताले करोडौं को घरमा बस्ने करोडौं को गाडीमा हुइकिने हैसियत बन्नायो। जनताले आफुले आफ्नो प्रतिनिधि को हैसियतमा पठाको ब्यक्ति नेता भयो , मन्त्री र त्यो भन्दा बढी पनि भयो तर जनताको प्रतिनिधि कुन बेला भएको छ, त्यो पक्कै मुल्यांकन गर्नुपर्ने बेला आएको छ। चुनाव मा मात्र प्रतिनिधि बन्ने नेतालै यदि प्रतिस्थापन गर्न नसक्ने हो भने देशको विकास होइन खाली नेता र उस्को साखा सन्तान को मात्र विकास हुन्छ।सरकार गाउँ गाउँ मा पुगेको त छ , तर कति गाउँले सरकार लाई अनुभव गर्न पाएको छ, कति समस्याको समाधान भएको छ र सरकार ले जनता लाई देखेको छ कि छैन भन्ने कुरा ले पक्कै पनि जनमानस मा छाप पार्छ । गाउँ – गाउँमा छोट्टे राजा हरु मात्र पुगेका छ्न्न भने त पिर्काहरु ले चाहिँ सलामी खान फर्को मार्लान गाउँले त उहीँ हो ।

 

राजनीति के हो वास्तवमै जान्दैनन् त जनता ? जनता लाई चुनाव थाहा छ, भोट हाल्ने थाहा छ र आफुले देको भोटले कुनै नेता चुनिन्छ भन्ने थाहा छ । थाहा न भाको नेताहरुको को नियत मात्र हो ।आफ्नो जीवन बद्लिने आसमा भोट दिएको नेताले साच्चिकै चुनाव जितेपछी कसरी जिवनमा बद्लाव ल्याउछ पक्कै यो चै जनतालाई थाहा हुन्न र यो तब सम्म थाहा हुन्न जब सम्म राजनीति लाई पेशाको रुपमा अङालिन्छ न कि सेवाको रुपमा । सेवामुखी राजनितिज्ञमा नमन सदैव !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *