गोकर्णेश्वर यूवा समूहद्धारा सिन्धुपाल्चोक बाढी-पहिरो पीडितका लागि राहत समाग्री हस्तान्तरण

राजनीति समाचार

-काठमाडौं

सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको गोकर्णेश्वर युवा समूहको सदस्यहरु प्रविण विक्रम सिलबाल, रुपेश सुनाबार, सुजन तिमिल्सीना , कमल श्रेष्ठ, सुर्य लामा, अमित तिवारी, सविन तिवारी लगायत को सहभागिमा गोकर्णेश्वर युवा समूहले सिन्धुपाल्चोकमा गत असार १ मा आएको भीषण बाढी र पहिरोबाट प्रभावित मेलम्ची तथा हेलम्बुका बाढी पहिरो पीडितहरुका लागि राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

 

 

युवा समूहले घरहरुबाट बालुबा, ढुङ्गा लगायतका निकाल्ने काम भैरहेको अवस्थामा उक्त कार्यमा सहयोग गर्न ह्याम्वर, साबेल , बेल्चा तथा गाडा लगायतको सामान पुर्ण निर्माण तथा सरोकार समितिका सागर श्रेष्ठलाइ हस्तान्तरण गरेको हो ।

 

साथै समूहले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहात सामाग्री अन्तर्गत खानेपानीका पाइप, त्रिपाल र जस्तापाता लगायतको सामान हस्तान्तरण गरेको हो। गाउँपालिकाले राहत सामाग्री एकद्धारा प्रणाली मार्फत वितरण गर्ने जानकारी दिएको छ ।