देउवाइतर पक्षको साझा उम्मेदवार बनाउन छलफल

मुख्य समाचार राजनीति

काठमाडाैं २५ असार । आसन्न चौधौं महाधिवेशनमा संस्थापन इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको बैठक बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसिरहेको छ ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पहलमा सभापतिका आकांक्षी र प्रभावशाली नेताहरूको बैठक बसिरहेको हो । भेलामा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइरालालगायत नेताहरू सहभागी छन् ।

कांग्रेसमा नेतृत्व परिवर्तनका लागि उपसभापति विमलेन्द्र निधि, शशांक र प्रकाशमान सिंहले पनि छलफल गर्दै आएका थिए । संस्थापन इतरबाट साझा उम्मेदवार बनाउन कार्यकर्ताको दबाब छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ ।