प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

मुख्य समाचार राजनीति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको आजकै बैठकमा विश्वासको मत लिने संभावना बढेको छ । विश्वासको मत लिनकै लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको संघीय संसद् सचिवालय स्रोतको भनाई छ । संसद सचिवालयले हिजो साँझ सार्वजनिक गरेको प्रतिनिधिसभाको आजको कार्यसूचीमा प्रधानमन्त्रीले विश्वासको मत लिने उल्लेख नभए पनि त्यसलाई अहिले बसिरहेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले थप गर्ने बताइएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ । यतिबेला देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट स्पष्ट १ सय २८ सांसद छन् । एमालेको नेपाल समूहका ८ सांसदले मत दिएमा देउवाले विश्वासको मत पाउनेछन् ।