११ कार्तिक २०७८, बिहीबार

NRANA दक्षिण कोरियाको १ सचिब पदमा ३ जनाको उम्मेदवारी, कसले मार्ला बाजी?

kamdardainik.com (First, Fast & Accurate)

सन्तोष खड्का

दक्षिण कोरिया

गैर आवासिय नेपाली संघ(एन आर एन) राष्ट्रिय समन्वय परिषद दक्षिण (NRNA KOREA) २०२१-२०२३ को पदाधिकारीहरूको पदमा हुने निर्वाचनमा आएका उम्मेदवारीहरूमा सचिव बाहेक सबै पदमा पदाधिकारीहरू सर्बसहमतिले निर्बाचित भएका छन्। १ सचिव पदको लागि ३ जनाको उम्मेदवारी परेको कारणले उक्त पदको लागि २०२१/७/२४ शनिवार विहान ९ वजे देखि २०२१/७/२५ आईतवार विहान १० वजे सम्म मतदान हुने भएको छ।

 

१ सचिव पदको लागि ३ जनाको उम्मेदवारी पर्नु नौलो कुरा नभएता पनि उम्मेदवारी दिने उम्मेदवारहरू सामाजिक रुपमा अत्यन्तै क्रियासिल र परिचित अनुहार भएकाले गैर आवासिय नेपाली संघ(एन आर एन) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA KOREA) २०२१-२०२३ को सचिव पदको निर्बाचन अत्यधिक रोमाञ्चक बनेको छ। उम्मेदवारी दिनेहरूमा हरि प्रसाद भट्टराई, सिउल मिरा ( परि गुरुङ) र राजकुमार राई(राजु ) रहेका छन्। तिनै जना अत्यन्तै सबल र सचिव पदको लागि उपयुक्त भएतापनि एक जना मात्र छान्न पाउने भएकाले आफुहरू धर्म संकटमा परेको मतदाताहरुको गुनासो छ।

 

 

गैर आवासीय नेपाली संघ (एन आर एन), राष्ट्रिय परिषद् दक्षिण कोरियाका सचिव पदमा उम्मेदवारी घोषणा गरेका हरि प्रसाद भट्टराईले नेपालमा रहदा पनि विभिन्न सामाजिक संघ संस्था एंब मानव अधिकारवादी संस्थामा रही स्वयंसेवी भुमिका निर्वाह गरिसकेका छन्। सन् 2012 मा कोरिया प्रवेस गरि संघर्ष गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिएका भट्टराईले अध्ययन पश्चात् हाल जनबुक बैक सुवनको नेपाली डेस्क प्रमुखको रुपमा रही काम गरिरहेका छन। यसै सिलसिलामा कोरियामा रहदा पर्ने व्यवहारिक समस्यामा पर्दै आईरहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई बैकिङ सेवा, भाषा अनुवाद, तथा आर्थिक सहयोग गर्दै आईरहनुभएका भट्टराईले आफ्नो व्यक्तिगत अनुभव र क्षमतालाई संस्थागत रुपमा प्रयोग गर्ने उपयुक्त थलोको रुपमा ठानी एन आर एन, राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा उमेदवार रहेकोले कोरियामा रहेका आम नेपाली समुदाय लाई भोट दिन विनम्र अनुरोध गरेका छन।

 

उनले सामाजिक सञ्जाल मर्फत् भनेका छन् “कोरियामा रहनु भएका सम्पुर्ण बुद्धिजीवी, विद्यार्थी, व्यवायी, पत्रकार, श्रमजीवी आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार, यही आउने जुलाई १८ तारीकमा हुन गइरहेको गैर आवासिय नेपाली संघ (एन आर एन) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको निर्वाचनमा मेरो तर्फबाट सचीव पदमा उम्मेद्‍वारी घोषणा गरी चुनावी मैदानमा उत्रिएको छु। “समता मुलुक समावेशीता रुपान्तरणसहितको पार्दर्शिता” भन्ने मुल नारासहित विगत लामो समयदेखि कोरियामा रही विभिन्न संस्थाहरुमा काम गरेको अनुभवहरूलाई आत्मसात गर्दै गैर आवासिय नेपाली संघ(एन आर एन) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको कार्य समितिमा रही मैले जानेको, बुझेको र सकेको आम नेपाली समुदायको हीत र सेवामा काम गर्ने अठोटसहित सचिव पदमा उम्मेद्वारी दिएको छु। मलाई झुटो धेरै आश्वासन दिन पटकै आउँदैन र जान्दिन पनि! मलाई आशा छ यहाँहरुले आफ्नो अमुल्य मत दिएर यस यात्रामा साथ सहयोग गर्नु हुने छ भन्ने अपेक्षा राख्दछु, साथै यहाँहरुले आफ्नो अमुल्य मत दिएर बिजयी गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु।” सामाजिक सञ्जालमा आफूले उम्मेद्‍वारी दिएको जानकारी गराउँदै आफूलाई भोट दिन आह्वान गरेका छन्।

 

 

त्यसै गरि सचिव पदको उम्मेदवार सिउल मिरा ( परि गुरुङ) कोरियामा धेरै सुनिने नाम हो। ब्यबसायि एंव सामाजिक अभियान्ता परि समाजसेवामा अत्यन्तै सक्रिय छिन्। उनले फेसबुक मार्फत आफ्ना सुभेच्छुकहर सँग भोटको लागि अपिल गरेकी छिन्। जुन निम्न छ।

 

नमस्कार सम्पुर्णमा एन आर एन मा मैले यो भन्दा अगाडि पनि आफ्नो उम्मेदवारी दिएकी थिए तर केहि कारण मेराे रद्द हुन पुगेकाे थियाे र फेरि उम्मेदवारी खुले पछि मेराे याेग्यता सचिव र सद्स्यमा मात्र पुग्गनि भएर मैले फेरि पनि सचिवमा अफ्नो उम्मेदवारी दिएकी छु।

 

मलाई यस एन आर एन संगठनमा बसेर निस्वर्थको साथ काम गर्न मन छ र हजुरहरुलाई थाहा भाकै कुरा हाे मैले मेराे विबेक मेराे क्षेमाताले सकेकाे सयाेग र याेगदान दिदै आएकीछु ।तर एन आर एरकाे छबि अलिक नराम्रो नै देखिएकाे छ तर पनि म आफ्नो तन मन दिएर काम गर्नि सोच बाेकेर हिडेकीछु र छोरि मान्छे भएता पनि याे समाजमा छाेरा जतिकै मजबुद हाै , भन्नि एक उदाहारणिय महिलाकाे रुपमा चिनिदै आएकीछु।

 

NRNA कोरियाको चुनाव विभिन्न कारण सर्दै गएर आउने जुलाई 24 तारीख शनिबार 9 बजे देखि हुने भएको छ फेरि पनि एकचोटि
कोरियामा रहनु भएका सम्पुर्णबुद्धिजीवी,विद्यार्थी,व्यवासहि,पत्रकार ,श्रमजीवी आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार यहि आउने जुलाई 24 तारीख शनिबार हुन गै रहेको (NRNA गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको) निर्वाचनमा मेरो तर्फबाट सचीव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरि चुनावी मैदानमा उत्रिएकीछु ।

विगत लामो समयदेखी कोरियामा रहि विभिन्न संस्थाहरुमा काम गरेको अनुभवहरु लाई आत्मसात गर्दै यस गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको कार्य समितिमा रहि मैले जानेको ,बुझेको र सकेको आम नेपालि समुदायको हित र सेवामा काम गर्ने अठोट सहित सचीव पदमा उम्मेद्बारी दिएकीछु ।मलाई आशा छ यहाँहरुले आफ्नो अमुल्य मत दिएर यस यात्रामा साथ सहयोग गर्नु हुने छ भन्ने अपेक्षा राख्दछु ,साथै यहाँहरुले आफ्नो अमुल्य मत दिएर बिजयी गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद 🌺🌺🌺🌺

सचीव पदको उम्मेद्वार
परी गुरुङ (seol mira)
NRNA दक्षिण कोरिया (2021-2023)

 

 

त्यसै गरि सचिव पदका उम्मेदवार राजकुमार राई ( राजु) पनि कोरियामा अत्यन्तै सक्रिय सामाजिक अभियान्ता मध्ये हुन्। राई ले पहिले पनि विभिन्न संघ संस्थामा रहि महासचिव र सचीव पदमा रहि भुमिका निर्वाह गरि सकेको ले एन आर एन), राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा आफू उपयुक्त र अनुभवी उमेदवार रहेकोले कोरियामा रहेका आम नेपाली समुदाय लाई भोट दिन अनुरोध समेत गरेका छन।

 

उनले सामाजिक सञ्जाल मर्फत् भनेका छन् “कोरियामा रहनु भएका सम्पुर्ण बुद्धिजीवी, विद्यार्थी, व्यवायी, पत्रकार, श्रमजीवी आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार, यही आउने जुलाई १८ तारीकमा हुन गइरहेको गैर आवासिय नेपाली संघ (एन आर एन) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको निर्वाचनमा मेरो तर्फबाट सचीव पदमा उम्मेद्‍वारी घोषणा गरी चुनावी मैदानमा उत्रिएको छु। “समता मुलुक समावेशीता रुपान्तरणसहितको पार्दर्शिता” भन्ने मुल नारासहित विगत लामो समयदेखि कोरियामा रही विभिन्न संस्थाहरुमा काम गरेको अनुभवहरूलाई आत्मसात गर्दै गैर आवासिय नेपाली संघ(एन आर एन) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको कार्य समितिमा रही मैले जानेको, बुझेको र सकेको आम नेपाली समुदायको हीत र सेवामा काम गर्ने अठोटसहित सचिव पदमा उम्मेद्वारी दिएको छु। मलाई झुटो धेरै आश्वासन दिन पटकै आउँदैन र जान्दिन पनि! मलाई आशा छ यहाँहरुले आफ्नो अमुल्य मत दिएर यस यात्रामा साथ सहयोग गर्नु हुने छ भन्ने अपेक्षा राख्दछु, साथै यहाँहरुले आफ्नो अमुल्य मत दिएर बिजयी गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु।”

 

सामाजिक सञ्जालमा आफूले उम्मेद्‍वारी दिएको जानकारी गराउँदै आफूलाई भोट दिन आह्वान गरेका छन्। एन आर एन दक्षिण कोरियाको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन जुलाई १८ मा हुने भनिएता पनि पहिलो आह्वान गरिएको निर्वाचन को लागि परेको उम्मेद्बारी सबै फालेर अरु विभिन्न कारण देखाई खाली रहेको पद निर्वाचन समिति ले फेरि उम्मेद्बारी आह्वान गरेको हो। सचिव पदको निर्बाचनमा अनलाइन मार्फत हुनेछ। अहिलेनै कसले बाजी मार्ने हो भन्न सकिने स्थिति नभएता पनि कामदार दैनिक परिवार तिनै जना उम्मेदवारीहरूलाई बिजयको निम्ति हार्दिक शुभकामना ब्यक्त गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *