सशस्त्रका डीआईजी गणेश ठाडा मगरलाई मातृ शोक

समाचार

काठमाडौं । सशस्त्र प्रहरीका डीआईजी गणेश ठाडा मगरलाई मातृ शोक परेको छ । उनको ममतामयी आमा रत्नकुमारी (दर्लामी) ठाडा मगरको ७८ वर्षको उमेरमा यही साउन २ गते दुःखद् निधन भएको हो । यस दुःखद घडीमा मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।