११ आश्विन २०७८, सोमबार

प्रधानमन्त्री देउवाद्वारा निर्मला पन्त हत्याकाण्ड प्रकरणका दोषी चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन

kamdardainik.com (First, Fast & Accurate)

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बालुवाटार बोलाएर निर्मला पन्त हत्याकाण्ड प्रकरणका दोषी चाँडो लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । निर्मला हत्या प्रकरणको आज तीन वर्ष पूरा भएको छ । प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी पनि लिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *