काठमाडौँ १२ साउन। पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उनीविरु’द्धको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतले काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् ।
सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरु’द्ध मुद्दा दायर भएको थियो । उक्त आ’रोप लागेपछि २०७६ असोज १४ गतेसभामुखबाट राजीनामा दिएका उनी असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्रा’उ परेका थिए ।
उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए । महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।
