काठमाडौं । च्यालेन्ज फर चेन्ज नेपाल (सीएफसी) तथा ग्लोबल पिस फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा डाफोडिल बोर्डिङ्ग स्कुलकी छात्रा जिज्ञासा खड्काले प्रथम स्थान हासिल गरेकि छन् । यस्तै ज्ञानोदय पब्लिक हाईस्कुलका छात्रा करिश्मा कुँवर दोस्रो तथा रुपुमर्दिनी सैनिक विद्यालयकी छात्रा सम्पदा रिजालले तेस्रो स्थान हासिल गरेकि छिन् ।
उत्कृष्ट तिनै जना प्रतियोगिहरुलाई क्रमश नगद २ हजार ५ सय, १ हजार ५ सय र १ हजार रुपौयाँ पुरस्कार स्वरुप प्रदान गरियो । युवामा सामाजिक सञ्जालको प्रयोग र प्रभाव विषयमा गत शनिवार भर्चुअल माध्यमबाट गरिएको प्रतियोगितामा ७७ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको निर्णायक मण्डल एवं अतिथिहरु प्रा.डा रामचन्द्र पोखरेल, त्रिमुर्ति सहशिक्षा विद्यालयका शिक्षक सिताराम भट्टराई, च्यालेन्जन फर चेन्जका अध्यक्ष रामहरि गिरी, च्यालेन्ज फर चेन्जका केन्द्रीय सदस्य जयरथ आचार्य सहभागी हुनुभएको थियो । कार्यक्रम संचालन संस्थाका केन्द्रीय सदस्य आग्नेश गिरीले गर्नुभएको थियो ।

