११ आश्विन २०७८, सोमबार

एन आर एन ए दक्षिण कोरियाको ८ औँ  कार्यसमिति चयन, अध्यक्षमा दीपक पुन मगर (नामावली सहित)

kamdardainik.com (First, Fast & Accurate)

सन्तोष खड्का 

दक्षिण कोरिया

 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको( NRNA KOREA-NCC) आठौँ महाधिवेशनबाट सचिव बाहेकका आई.सि.सि सदस्य, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारीहरु सर्बसहमतिले निर्बाचित भएका छन् भने सचिब पदमा कडा प्रतिस्पर्धाका बिच परि गुरुङले बाजी मारेकी छन्। प्रतिस्पर्धामा हरि प्रसाद भट्टराई, राजकुमार राई( राजु) र परि गुरुङ उत्रिएका थिए।

 

अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको( NRNA KOREA-NCC) आठौँ महाधिवेशनबाट आई.सि.सि सदस्यहरूमा सोम बहादुर तामाङ  र डा. बिमल सुवेदी, अध्यक्षमा दिपक पुन मगर, वरिष्ठ उपाध्यक्षमा सन्जिव कुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षमा मनोज गौतम र किरण अधिकारी महासचिवमा रोशन भट्टराई, सचिवमा श्री सत्याल र परि गुरुङ कोषाध्यक्षमा खिम काउचा मगर, सह-कोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया एंव सदस्यहरुमा डा.रोशन शर्मा, सन्तोष खड्का, रमेश थापा मगर, गंगा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धि प्रसाद नेपाल र गम्भिर मान श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचित  पदाधिकारीहरू बिभिन्न क्षेत्रका बिज्ञ एंब दक्षिण कोरियामा अति सकृय सामाजिक अभियान्ता समेत भएका साथै निर्बाचित पदाधिकारीहरूमा महिलाको सहभागीता अत्यन्तै उत्साहजनक हुनुले अब एन आर एन ए दक्षिण कोरियाको आठौँ कार्यसमितिले नयाँ इतिहास रच्नेमा कुनै शङ्का नभएको जानकारहरू बताउँछन्। आठौँ कार्य समितिका पदाधिकारीहरुलाई यही आउँदो शनिवार जुम मार्फत सपथ ग्रहण गराउन लागिएको निर्बाचनमा मण्डलले बताएको छ।

 

 

को हुन् त निर्वाचित पदाधिकारीहरु?

आई.सि.सि सदस्य: सोम बहादुर तामाङ 

 

 नुवाकोट स्थायी घर भई दक्षिण कोरियालाई  धेरै लामो समयदेखि आफनो कर्म भुमि बनाएका सोम बहादुर तामाङ गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अघिल्लो कार्यसमितिको उपाध्यक्ष हुन्। नुवाकोट समाज दक्षिण कोरियाको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी कुशल रूपमा पुरा गरिसकेका तामाङ अति सकृय सामाजिक अभियान्ता समेत हुन्। बागमती प्रदेश दक्षिण कोरिया, नुवाकोट समाज दक्षिण कोरियाको सल्लाहकार रहेका उनी जनजाति माहासंघ दक्षिण कोरिया को उपाध्यक्षको साथै नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको संरक्षक समेत हुन्। मिजासिलो स्वभावका धनी उनी स्पष्ट बक्ताको रूपमा समेत चिनिन्छन्।उनी गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको आठौँ महाधिवेशन बाट निर्बिरोध आई.सि.सि सदस्यमा निर्वाचित भएका छन्।

 

आई.सि.सि सदस्य: डा. बिमल सुवेदी

 

 

सन् २००८ मा अन्तर्राष्ट्रिय रेडक्रसको छात्रवृत्तिमा उच्च शिक्षा अध्ययनका लागी दक्षिण कोरिया प्रवेश गरेका डा• सुबेदी दक्षिण एरोस्पेस इन्जिनियरिङमा बिधावारिधि गरेका नव निर्वाचित ICC प्रतिनिधि डा•सुबेदी NRNA कोरियाका निवर्तमान महासचिव र चौथो कार्यसमितिका प्रवक्ता पनि हुन्।  दक्षिण कोरियामा रहेको नेपाली बिधार्थी समाज SONSIKको सभापति समेत भएका डा• सुबेदीको  नेतृत्वमा SONSIK दक्षिण कोरियाको प्रचलित कानुन अनुसार दर्ता हुने पहिलो बिधार्थी सङ्गठन हुनुका साथै र सन् २०१५ को भुकम्प पश्चात नेपालका बिभिन्न जिल्लामा रहेका ६ वटा बिधालयको पुनर्निर्माण  कार्य सम्पन्न भएको थियो।

 

सौल महानगरपालिकाको प्रवासी जिवन सुधार समितिको सल्लाहकार समितिको सदस्य समेत रहेर  कार्य सम्पादन गरेका डा• सुबेदी दक्षिण कोरियाको हान्स बिश्वबिधालयकोअन्तर्राष्ट्रिय बिधार्थी समाजका संस्थापक सभापतिको रुपमा कार्य समेत   कार्य सम्पादन गरिसकेका छन्। डा• सुबेदी हाल  दक्षिण कोरियाको छनाना शहर स्थित प्रतिष्ठित अनुसन्धान केन्द्रमा बरिष्ठ अनुसन्धानकर्ताका रुपमा कार्यरत रहेका छन्। उनी गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको आठौँ महाधिवेशन बाट निर्बिरोध आई.सि.सि सदस्यमा निर्वाचित भएका छन्।

 

अध्यक्ष: दिपक पुन मगर

 

 

अत्यन्तै मिलनसार र सामाजिक कार्यहरुमा सकृय दिपक पुन मगर एन आर एन ए दक्षिण कोरियाको अति क्रियासिल अभियान्ता हुन्। सदस्य पदबाट बाट एन आर एन ए दक्षिण कोरियाको कार्य समितिमा आफनो यात्रा सुरुवात गरेका उनी महासचिव, बरिष्ठ उपाध्यक्ष हुँदै अहिले सर्बसहमतिले अध्यक्ष पदमा निर्बाचित हुन सफल भएका छन्। कुशल ब्यबसायि दिपक मगर संघ दक्षिण कोरिया, बागलुङ समाज लगायत दर्जन भन्दा बढी संघ संस्थाहरूमा सल्लाहकार समेत रहेका छन्। बोली भन्दा काममा बिश्वास गर्ने उनी अहिलेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको( NRNA KOREA-NCC) आठौँ कार्यसमितिमा सबै पदाधिकारीहरु आफ्नो क्षेत्रमा अब्बल भएकाले आफुहरू एन आर एन ए दक्षिण कोरियालाई बिश्वकै उत्कृष्ट एन आरएन ए  बनाउनका निम्ति  लागि पर्दै दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुका माझ एन आरएन ए दक्षिण कोरिया सेबक हुने बताउँछन्। उनी आठौँ कार्यसमितिका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्

 

बरिष्ठ उपाध्यक्ष: सन्जिव कुमार राई

 

 

 

एनआरएनए दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सन्जिब कुमार राई नेपालमा छदाँसमेत सामाजिक कार्य देखि विद्यार्थीको हकहितको लागि, मजदुर र बर्गिय आन्दोलन हुदै समानता र समाबेशिताको पक्षमा सदैब अग्रणी भुमिका र जिम्मेवारीमा रहेर काम गरेका ब्यक्ति हुन् । सानै देखि हक्की, निडर र न्यायको पक्षमा वकालत गर्ने राई स्कुल अफ हेल्थ साईन्स बाट चिकित्सक सहायक सकाए पछि अस्कल क्याम्पस काठमाडौंबाट विज्ञान संकायमा स्नातकोत्तर सम्मको अध्ययन गरेका  छन् ।  तेक्वान्दोमा ब्ल्याक बेल्ट लिएका राई सबै खेलमा रुचि र अब्बल पनि छ्न। हाल उहाँ नेपालमा किराया खेल्कुद बिकाश बोर्ड लगाएत आधा दर्जन खेलकुद संघहरुको सल्लाहकार समेत छन। सातौँ कार्यसमितिमा उपाध्यक्ष रहेका उनी आठौँ कार्यसमितिका लागि बरिष्ठ उपाध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन्।

महिला उपाध्यक्ष : शुभद्र पालुङ्वा

 

 

शुभद्र पालुङ्वा सन् २००९ मा दक्षिण कोरिया प्रवेश गरी अहिले नेपाली मुलकी कोरियन नागरिक बन्न सफल भएकी छन्। यस अघि गैर आवासीय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको महिला संयोजकका रुपमा जिम्मेवारी निर्वाह गरि सकेकी उनी अहिले महिला उपाध्यक्षमा निर्बिरोध निर्बाचित भएकी छन्।

 

नेपालको ताप्लेजुङ जिल्लामा जन्मिएकी शुभद्रा दक्षिण कोरियाको जेजु प्रान्तमा रहि नेपाली लगायत दक्षिण कोरियामा बस्ने अन्य मुलुकका नागरिक हक हित र अधिकारको वकालत गर्दै आएकी छन्। सन् २०१२ देखि २०१७ सम्म  मल्टिकल्चर फेमिली सेन्टरमा काम गरेको अनुभव संगालेकी उनि २०१७ देखि हाल सम्म जेजु माइग्रेन्ट सेन्टरमा आवद् छिन्।  सन् २०१२-२०१६ सम्म दक्षिण कोरियाको Ministry of Gender Equality and Family मा जेजु प्रान्तबाट केन्द्रिय सदस्यको रूपमा  प्रतिनिधित्व गरिकी उनि दक्षिण कोरियाको मानव संशाधन विकास केन्द्रका लागि नेपाल परामर्शदाताको रुपमा पनि संलग्न रहेकी छन्।

 

यसका अतिरिक्त उनि सन् २०१२ देखि जेजुमा रहेका बिभिन्न सरकारी निकाय [जिल्ला अदालत,जेजु सगिफो प्रहरी केन्द्र, जेजु प्रहरी केन्द्र ,जेजु पुर्वी,जेजु पश्चिम प्रहरी कार्यालय]  का लागि आधिकारिक नेपाली भाषा अनुवादक, सन् २०१० देखि जेजु अध्यागमन केन्द्र र जेजु मानब संसाधन विकास केन्द्रमा नेपाली  प्रतिनिधि,सन् २०१६-२०१८ सम्म जेजु बिशेष स्वायत्त प्रदेश सरकारको सदस्य, सन् २०१४-२०१६-२०१७ -२०१९ सम्म  स्वायत्त प्रदेश सरकारका लागि  नेपाली प्रतिनिधी,सन् २०१५ देखि २०१८ सम्म जेजु मल्टिकल्चर फायर ब्रिगेड प्रमुख, सन् २०१८-२०२१ सम्म मल्टीकल्चर सपोर्ट सेन्टर संचालक समितिको बिदेश बिभाग प्रमुखका रुपमा जिम्मेवारी सम्हालेको अनुभव पनि रहेको छ।

उपाध्यक्ष: मनोज गौतम

 

 

खोटांङ्गमा जन्मिएका मनोज गौतमको हाल बसाई उदयपुर चौदण्डि नगरपालीकामा रहेको छ। २०१० मा कोरिया प्रवेश गरेका उनी  कोरिया को बिकाश, कला सस्कृती र स्वाभाबमा प्रभाबित भई नेपाल मा पनि यसको बिकास गर्नुपर्छ भन्ने बिचार राख्छन्। २०१४ बाट आफ्नै निजी खर्च बाट नेपाली दाजुभाईलाई आवाशगृह उपलब्ध गराउनुको साथसाथै औधोगिक दुरघटना चोटपटक , बिरामी, कार्यस्थलमा आईपर्ने समस्या , मानब अधिकार हनन,  लगायतका बिभिन्न  समस्याहरूमा परेका नेपालीहरूलाई  कानुनी एंब भाषागत रूपमा  बिभिन्न तबरले सहयोग  गर्दै आएका छन् ।  सातौँ कार्यसमितीमा सचिब रहेका उनी आठौँ कार्य समितिका लागि उपाध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन्।

उपाध्यक्ष: किरण अधिकारी

 

 

पर्बत ज़िल्लामा जन्मिएका किरण अधिकारी हाल पोखरा मासबार निवासी हुन्।  बिगत १३ बर्स देखी कोरिया प्रवेश लगत्तै थुप्रै सामाजिक क्षेत्रमा निरन्तर आफ्नो सक्रिय उपस्थिति देखाउदै आइरहेका उनी पर्बत समाज कोरीया , एन आर एन ए क़ोरीयामा एक कार्यकाल सदस्य हुनुको साथै पोखरा सम्पर्क मंञ्ज , मल्लाज क़ोरीया समाज, नेको क़ोरीया, वेगवान समाज क़ोरीया,  कास्की समाज क़ोरीया लगाएत दर्जनौँ  संघ संस्थाहरूमा आबद्ध छन् । देगु वेगवान रेष्टुरेण्ट सञ्चालन गर्दै आएका उनी आठौँ कार्य समितिको लागि उपाध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन्।

महासचिब: रोशन भट्टराई

सकृय सामाजिक अभियान्ता एंव नेपाली कला र संस्कृतिका पुजारी रोशन भट्टराई २००४ मा कोरिया प्रबेश गरेका हुन्। २०१० देखी रेस्टुरेन्ट ब्यबसायमा आबद्ध उनले यस अघि पनि गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको कार्यसमितिमा रहेर काम गरिसकेका छन्। नेपाल कोरिया संस्कृति मञ्चको सचिब समेत  रहेका उनी  मोरंग डायनामिक कमिटीमा सल्लाहकार छन्।  संगित र कलालाई माया गर्ने उनले २००६ मा कोरिया बाट पहिलो नेपाली गीती एल्बम “नोरे” समेत निकालिसकेका उनले बिभिन्न कोरियन म्यूजिक भिडियोहरूमा अभिनय समेत गरेका छन्। आठौँ कार्यसमितिका लागि उनी महासचिवमा निर्बिरोध निर्बाचित भएका छन्।

सचिव: सिरी सत्याल

३ वर्ष अघि अन्तर्राष्ट्रिय विकास तथा सहयोग  विषयमा स्नातकोत्तर अध्ययनको शिलशिलामा कोरियामा आएका श्री सत्याल< नेपालमा पनि विभिन्न सामाजिक संस्थामा रही काम गरेको अनुभव समेटेका छन्। कोरिया प्रवेश सँगै विशेषगरि नेपाली विद्यार्थी समाज कोरिया (सोनसिक) को कोषाध्यक्ष।अनि उपसभापति भएका उनी एनआरएनए ग्यंगी इन्छन समितिमा समेत काम गरिसकेका छन्। हाल SENTBE रेमिटमा  नेपाल प्रमुखको रुपमा काम गरिरहेका उनी आठौँ कार्यसमितिका लागि सचिव पदमा निर्विरोध निर्वाचित भएका छन्।

सचिव: परि गुरुङ

सन् २००९ मा कोरिया प्रवेश लगत्तै थुप्रै सामाजिक क्षेत्रमा निरन्तर आफ्नो सक्रिय उपस्थिति देखाउदै आइरहेकी परि गुरुङ कोरिया स्थित तमु धीं ख्यङ्सनाम्दो बुसान शाखाको सल्लाहकार, आदिवासी जनजाति महासंघ बुसान शाखाकी वरिष्ठ उपाध्यक्ष, किम्हे सिस्टरहुडका सल्लाहकार लगायत अन्य धेरै संस्थामा आबद्ध छिन् । स्पष्ट विचारधारा, आँटिलो स्वभाव र सहयोगी भावनाले ओतप्रोत गुरुङ आठौँ कार्यसमितिका लागि कडा प्रतिस्पर्धाका बिच अत्यधिक मतले सचिव पदमा निर्वाचित भएकी छन्।

कोषाध्यक्ष: खिम काउचा

बाग्लुङ गल्कोटमा जन्मिएकाखिम कुमार काउचा हाल बुसान सासाङमा कार्यरत छन्। सकृय सामाजिक अभियान्ता समेत रहेका उनी NRNA- ख्याङसान क्षेत्रीय कोषाध्यक्ष(२०१९-२०२१), नेपाल मगर संघ किम्हे/बुसान महा-सचिव(२०२०-२०२१) लगायत बिभिन्न संघसंस्थाहरूमा क्रियाशील छन्।

सहकोषाध्यक्ष: सुनिल कन्दङ्वा

 

एम बि ए को कक्षा सुरु गर्दै गर्दा मेघा बैंकको फाइनल अन्तरवार्ता छोडेर कोरिया हानिएका झापाली ठिटो सुनिल कन्दङ्वा पहिलो कार्यकालको कोरिया बसाइमा कुनै पनि  सामजिक क्रियाकलापमा सक्रिय भएनन्। दोश्रो पटक कोरिया प्रवेश सँगै  E7 भिजा परिवर्तनको उमङ्गसँगै पारिवारिक समूह कन्दंगवा समाज दक्षिण कोरियाको सहसचिब, झापा एफ सी कोरियाको एक कार्यकाल सचिब पद सम्हालेको अनुभब बटुल्दै हाल  एन आर एन ए दक्षिण कोरियाकोआठौ कार्यसमितिका लागि निर्बिरोध सह-कोषाध्यक्षकाे जिम्मेवारी पाएका छन्।।आफुले अध्ययन गरेको बिषय संग मिल्दोजुल्दो जिम्मेवारी पाएकाले एन आर एन ए दक्षिण कोरियालाई सकेको योग्दान दिने उनी बताउँछन्।

महिला संयोजक: सुजाता बस्नेत

 

२०१२ मा  E-9 visa मार्फत कोरिया आएकी सुजाता नेपालमा पनि बिभिन्न संघसंस्थाहरूमा सक्रिय थिइन्। बिशेष गरि महिला अधिकार र मानव अधिकारको क्षेत्रमा क्रियाशील उनले कोरिया आए पश्चातपनि आफ्नो सामाजिक भाबनालाई अझ फराकिलो बनाइन्। २०१५ मा नेपाल फर्किएर फेरि उच्च शिक्षा अध्ययनको लागि पुन कोरिया प्रवेश गरेकी बस्नेतले अन्तराष्ट्रिय ब्यापारमा(Maters’ in International Trade) स्नातकोत्तर गरेकी छिन्। आफ्नो अध्यन सकेपछि २०१८ देखि।कोरियन सरकारबाट स्थायि बसोबासको अनुमति प्राप्ति सँगै ब्यबसायिक रूपमा  रेष्टुरेन्ट, मार्ट लगायत बिभिन्न व्यवसायहरूमा सक्रिय उनले २ कार्यकाल (२०१७-२०२१) सम्म NRNA ख्यंसाङ् क्षेत्रमा उपाध्यक्षको जिम्मेवारी उच्च कुशलताका साथ सम्पन्न गर्दै  हाल “सिस्टरहुड खिम्हे” समूहको संयोजक, मिर्याङ्ग नेपाली समाजको ब. उपाध्यक्ष  लगायत आधा दर्जन भन्दा बढी संघ सस्थाहरूमा सक्रिय उनी आठौँ कार्य समितिको लागि निर्बिरोध महिला संयोजकमा निर्बाचित भएकी छन्।

युवा संयोजक: अनित थपालिया

 

 

सामाजिक कार्यहरुमा क्रियाशील अनित थपलिया यस अघिको कार्य समितिमा सदस्य पदमा रहेर काम गरिसकेका छन्। आठौँ कार्य समितिका लागि उनी युवा संयोजकमा निर्बिरोध निर्बाचित भएका छन्।

सदस्य: डा.रोशन शर्मा पौड्याल

 

२००९मा बिध्याबारिधी गर्न कोरियाको बुसान स्थित पुसान नेसनल विश्वबिद्यालयमाआएका डा.रोशन शर्मा कोरिया स्थित  विभिन्न सस्थाहरूमा सुरूवाति समय सँगै जोडिए। बिगत ८/९ बर्ष देखि “एनआरएनए” कोरीयाको सक्रिय सदस्यको रूपमा क्रियाशील उनी “नेपाली सम्पर्क समिती, NCC” बुसान शाखाको सदस्य देखि उपाधक्ष्य सम्मको जिम्मेवारी कुसलताका साथ सम्पन्न गरिसकेका छन्। बिगतमा बुसान महानगरपालिका अन्तर्गतको Busan Foundation for International Activities (BFIA) लगायत कोरियाको थेगु स्थित विभिन्न नेपाली समाजमा सल्लाहकार समेत रहेका शर्मा प्रोफेनको  रूपमा थेजन स्थित कोरिया सरकारको सबैभन्दा ठुलो र प्रस्तिस्ठित अनुसन्धान केन्द्र “आधारभुत बिज्ञान सस्थान” मा अनुसन्धानकार्य गरी थेगु स्थित “क्योङ्गपुक नेसनल बिश्वबिधालयमा” अनुसन्धान प्राध्यापक” भै हाल “कृषि विज्ञान राष्ट्रिय संस्थान” जन्जुमा अनुसन्धान बिज्ञको रुपमा कार्यरत रहेका छन्। आठौँ कार्य समितिका लागि उनी सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्।

सदस्य: सन्तोष खड्का

 


 

हाल नेपाल पत्रकार मञ्च दक्षिण कोरियाका अध्यक्ष रहेका सन्तोष खड्का कामदार दैनिकका सम्पादक समेत हुन्। सेवा प्रबाह, मकै हाउस अनलाइन लगायत आधा दर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा कार्यरत खड्का मोटिभेस्नल बक्ता समेत हुन्। भारत, थाइल्याण्ड, क्याम्बोडिया, लावोस्, दक्षिण कोरिया लगायत बिभिन्न देशहरूमा मोटिभेस्नल बक्ता( Motivational Speaker) को रूपमा आफ्नो प्रस्तुती दिई सकेका उनले दक्षिण कोरियाको अति प्रतिष्ठित हान्याङ बिश्व बिधालय( Hanyang University)बाट अन्तरराष्ट्रिय अध्यन( International Studies)मा स्नातकोत्तर गरेका छन्। हाल बिध्या बारिधि अध्यनरत खड्का बिभिन्न सम्मेलनहरूमा धेरै चोटि कोरिया आइसकेका भएता पनि निरन्तर रुपमा भने अध्यनको सिलसिलामा २०१३ देखि कोरियामै स्थायि रूपमा बसोबास गरिरहेका छन्। नेपाल रहँदा पनि बिभिन्न सामाजिक संघ संस्था देखि लिएर केन्दिय बिधार्थी राजनीतिको उच्च नेत्रृत्वमा रहेर समेत  काम गरिसकेका उनी हाल रामेछाप सम्पर्क समिति दक्षिण कोरिया, राष्ट्रिय लोक दोहरी प्रतिष्ठान कोरिया शाखा, पाँच’स’ दक्षिण कोरिया लगायतका दर्जन भन्दा बढी संघ संस्थाहरूमा सल्लाहकारको रूपमा सक्रिय छन्। कुसल सञ्चारकर्मीको रूपमा आफ्नो छुट्टै पहिचान बनाइसकेका उनी आठौँ कार्य समितिको लागि सदस्य पदमा निर्बिरोध निर्बाचित भएका छन्।

 

सदस्य: रमेश थापा मगर


 

स्थायी घर सर्लाही बागमती न पा ०७ भएका रमेश थापा मगरले २०६७ सालमा गाउँकै बालबालिकाहरुलाई शिक्षा ग्रहणको निम्ति प्रेरणा दिने उद्देश्यले आफनै नेतृत्वमा बाल क्लबको स्थापना गरि सामाजिक कामको आरम्भ गरेका थिए। समाज परिवर्तन मा युवाहरु को महत्वपूर्ण भूमिका रहन्छ भन्ने उद्देश्यका साथ २०७० सालमा सुनौलो बिहानी युवा समुहको स्थापना गरी आफ्नै नेतृत्वमा विभिन्न समाजिक कार्यक्रमहरू सञ्चालन गरेका उनी कोरिया भने २०१७ मा प्रवेश गरेका हुन्। थेजन नेपाली समाजमा कोषाध्यक्ष पदमा रहि सेल्टर घर सन्चालक को संयोजकको रूपमा आफ्नो जिम्मेवारी पुरा गरिसकेका उनी चौथो अधिवेशन बाट थेजन नेपाली समाजको उपाध्यक्षमा निर्वाचित भएका हुन्। हाल नेपाल मगर संघ दक्षिण कोरियाको केन्द्रीय सदस्य रहेका उनी आठौँ कार्यसमितिका लागि सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्।

 

 

सदस्य: गंगा खतिवडा

 

ताप्लेजुङ्गकि चेली गंगा खतिवडा ११ वर्ष अघि कोरिया आएकी हुन्। कोरियाको सुखदुख नजिकै बाट नियालेको उनी विभिन्न सामाजिक  अभियानमा अप्रत्यक्ष रुपले सहभागी भएपनि प्रत्यक्ष्य रुपमा कुनै पनि संस्थामा आबद्द भएर काम गरेकी भने छैनन्।  एन आर एन ए लाई एकदमै ठुलो प्ल्याटफर्मको रूपमा लिने उनी  महिलाको ३३ % आरक्षण सिट भने पनि सामाजिक कार्यमा हामी महिला दिदि बहिनि त्यति सक्रिय भएर अघि नसर्ने बानि भएको बताउँछिन्। आफु यो पटक सम्पूर्ण दिदीबहिनीहरुको प्रतिनिधित्व गर्दै हिम्मत गरेर सदस्यमा आएको ले आफुले सकेको जानेको सहयोग संस्था लाई गर्ने बताउँछिन् l आफ्नो उपस्थितिले आगामी दिनमा अरु दिदि बहिनिहरु  लाइ एन आर एन ए मा उपस्थिति जनाउन उत्प्रेरणा मिलोस भन्ने कामनाले आफु एन आर एन ए दक्षिण कोरियामा आएको बताउने उनी आठौँ कार्यसमितिको लागि सदस्य पदमा निर्विरोध निर्वाचित भएकी छन्।

 

सदस्य: अम्रिता लामिछाने गुरुङ

 

 

अमृता गुरुङ नेपाल घर चितवन र हाल कोरियाको छुङ्छङ बुक्दो  दानयाङ (danyang)मा बस्दै आएकी छन्।  बिगत २०१३ देखि प्रहरी कार्यालयमा भाषा अनुवादकको रूपमा सामाजिक कार्य गरिरहेकी छन्। पद भन्दा पनि काम महत्वपूर्ण लाग्ने हुनाले अहिले आफुले नितान्त निस्वार्थ भाबले गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको सदस्य पदमा उम्मेदवारी दिएको बताउँदै अब जिम्मेवारीका साथ काम गर्ने बताउँछिन्। बिगत देखि अहिलेसम्म NRNA कोरियाले रोजगार विभाग र बिधार्थीको समस्यालाई समाधान  गरेको छ अब आगामी दिनमा कोरियन नागरिकसँग बैबाहिक जिबन बिताई रहनु हुने दिदी बहिनीको समस्यालाई पनि सङ्कलन गरि एन आर एन ए दक्षिण कोरियालाई  समस्या  समाधानको केन्द्र बनाउनुपर्छ भन्दै आफ्नो त्यसमा सकृयता हुने बताउँछिन्। उनी आठौँ कार्यसमितिका लागि सदस्य पदमा निर्विरोध निर्वाचित भएकी छन्।

 

सदस्य: बुद्धि प्रसाद नेपाल

 

गोरखा स्थायी घर भई दक्षिण कोरियालाई आफनो कर्म भुमि बनाएका बुद्धि प्रसाद नेपाल सकृय सामाजिक अभियान्ता हुन्। स्पष्ट बक्ताको रूपमा चिनिने नेपाल आफु एनआर एन ए दक्षिण कोरियालाई सक्षम, सबल र सुदृढ बनाउनका निम्ति अगि बढ्ने बताउँछन्। गोरखा परिवार दक्षिण कोरिया को सचिब समेत रहेका उनी आठौँ कार्यसमितिको लागि सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्।

 

सदस्य: गम्भिर मान श्रेष्ठ

 

नेपाल र नेपाली कला र सस्कृतिलाई चिनाउनको लागि सदैव लागि पर्ने ब्यबसायि गम्भिर मान श्रेष्ठ यति रेष्टुरेण्ट एण्ड बारका सञ्चालक समेत हुन्। कोरियन सिरियल र फिल्महरूमा कुशल अभिनय पस्कि सकेका श्रेष्ठले मानार्थ कोरियन नागरिकको सम्मान समेत पाइसकेका छन्। कोरियन समुदायका जानकार एबं कोरियामा नेपाल चिनाउन लागि परेको श्रेष्ठ आठौँ कार्यसमितिका लागि सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्।

 

कामदार दैनिक परिवार अध्यक्ष दिपक पुन मगर लगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई एंव सफल कार्य कालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *