बैदेशिक रोज़गार: (Foreign employment): ‘being employed in a different country than that of a person’s origin’ आय आर्जनका वा जीविकोपार्जनको लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी बैदेशिक रोजगार हो।नेपालीहरु बिसं १९९० अघी देखिनै भारत, भुटान , बर्मा, तिब्बत गएर सेनामा भर्ती भई वा अन्य काम गरी ज्यान पाल्ने चलन थियो। नेपालमा २०२८ मै बैदेशिक रोज़गार बिभागको गठन गरिएको भएतापनी बैदेसिक रोज़गार ऐन २०४२ मा ल्याईए पश्चात मात्र संस्थागत रुपले नेपाली नागरिक हरु बिदेश गएर जीविकोपार्जन गर्ने बाटो खुल्यो।
०६४ मा ऐन संसोधन गरियो र नेपालको संविधान, २०७२ को धारा ५१ को खण्ड (झ) को (५) र (६) मा वैदेशिक रोजगारलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकार प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने तथा वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति राज्यले लिएको छ ।
आव २०७५/७६ को बजेट वक्तव्यमा आप्रवासी कामदारहरुको हकहित, कल्याण र सुरक्षाका लागि प्रमुख गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने र बैंकिङ माध्यमद्वारा स्थानीय तहसम्म विप्रेषण आप्रवाह हुने कार्यलाई प्रोत्साहन गर्नेलगायतको व्यवस्था गरिएको थियो तर कथनी र करणी मा एकरुपता नहुदा “गफाडिको गफ” भएको छ।
कुल ग्राहस्थ उत्पादन को ३०% आय सरकारी तथ्य मा भनिएपनी ६०%भन्दा बढी बास्तबिक आय भित्र्याउन सफल बिप्रेषण लाई देशका प्रतेक सरकारले खेलाची गरेको भान हुन्छ। बैदेसिक रोजगार ऐन ०४२ मै पंचायती ब्यबस्था ले त्याएको र ३५ बर्ष पुगिसक्दा पनी अधिकॉस देसमा सरकारहरुले श्रम संझौता समेत नगरिएदिएको परिपेच्यमा बहुदलिय र गणतांन्त्रीक ब्यबस्था नै उदासीन र नकारात्मक देखिएको छ भने महिला पुरुष बिच समान संबैधानिक अधिकार को प्रत्याभुती भएपनी महिलालाई राज्यले बैदेसिक रोज़गार मा अंकुस लगाएर महिलाअधिकारको खिल्लि उडाएको भान हुन्छ। यस्को निराकरण कालागी :
श्रम कूटनीति, यसको सबलता
– श्रमिकको हक हितसंरक्षण अनुकूल रहेर श्रमसम्झौता गर्नु, गन्तव्य मुलुकसँगको सम्बन्ध, श्रमिकका सम्बन्धमा आउने विभिन्न मुद्दाहरुको निरुपण,
– वैदेशिक रोजगारीमा जाँदाको लागतको न्यायोचित अबतरण,अनैतिक र भ्रष्ट कार्यसंस्कारको निरुपण, बैंकिङ प्रणालीको उपयोग बढाउँदै लैजाने र अनौपचारिक रुपमा बाहिर पठाउने कार्यलाई निरुत्साहित गर्ने,
– वैदेशिक रोजगारीमा लैंगिक आयाम
– थप सुरक्षाको विषय, घरेलु कामदारको रुपमा पठाउने संबंधी कार्यबिधी, सरकारको भूमिका, सहकार्य र अन्य स्टकहोल्डर निकायसँगको सम्बन्ध, एकद्वार प्रणालीको व्यवस्था र सामाजिक लाभ,
–लागतको विश्लेषण र विकासमा वैदेशिक रोजगारीले पार्ने प्रभाव र यसको सकारात्मक उपयोग , रोजगार, आर्थिक अवसर, गरिबी निवारण, विप्रेषण र राष्ट्रिय अर्थतन्त्रमा पु-याएको योगदानको दृष्टिले वैदेशिक रोजगार नेपालमा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको हुनाले सरकारी निकायबाट स-सम्मान प्राथमिकताको कार्यक्षेत्र को रुपमा योजनाहरु बनाईनुपर्ने टड्कारो आबस्यकता छ।
