नेता खनालको मृर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

मुख्य समाचार राजनीति

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मृर्गाैला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपाेलाे अस्पतालमा बुधबार विहान मृर्गाैला प्रत्यारोपण गरिएको उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो ।

यसअघिसम्म नेता खनालको उपचार डा. अखिल मिश्रको नेतृत्वमा भइरहेको थियो । सचिवालयले दिएको जानकारीअनुसार डा. कन्दिप गुलेरियाको नेतृत्वमा खटिएको चिकित्सकको समूहले नेता खनालकोमृर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।

नेता खनाल केही समय अस्पतालमै अराम गर्नुभई नेपाल फर्किने तयारी गर्नुभएको भट्टराईले बताउनुभयो । उहाँको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सबैमा सचिवालय धन्यवाद व्यक्त गरेको छ ।