सरकारले प्रदेश २ का प्रमुख राजेश अहिराजलाई हटायो

मुख्य समाचार राजनीति समाचार

सरकारले प्रदेश २ का प्रमुख डा. राजेश अहिराजलाई हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिराजलाई प्रदेश २ प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेको हो।

डा. झालाई हटाएर उनको स्थानमा सरकारले हरिशंकर मिश्रलाई नियुक्त गरेको छ। मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन्। मिश्र एक पटक सांसदसमेत भइसकेका छन्।

यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत २०७७ फागुन ७ गते प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो।

२०३६ साल जेठमा रौतहटको संग्रामपुरका जन्मिएका राजेश मधेश मामिलाका जानकार हुन्। उनलाई प्रदेश २ प्रमुख बनाउनुअघि ओली सरकारले माओवादी कोटाबाट नियुक्त तिलक परियारलाई त्यहाँबाट हटाएको थियो।