काठमाडौं । नेपाल मार्शल आर्टस् हाप्किदो संघले क्रियाशील खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । शनिवार राजधानीमा एक कार्यक्रमबीच नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलाडि, प्रशिक्षक तथा निर्णायक लगायत खेलकर्मीहरुलाई सम्मान पत्र र खादा सहित सम्मान गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेकपा अध्यक्ष प्रचण्डले नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवं अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’लाई सम्मान सम्मान गर्नुभयो । खपाङ्गीलाई हालै ईण्डोनेशियाको राजधानी जाकार्तामा सम्पन्न १५ औं एशिया प्यासिफिक सितोरियो कराते महासंघको रेफ्री सेमिनारमा उत्तिर्ण भई अन्तराष्ट्रीय निर्णायक बन्न सफल भएकोमा सम्मान गरिएको हो ।
त्यसैगरी सम्मानित हुनेहरुमा २०१८ अक्टुवर १२ र १३ मा सम्पन्न भएको युरोपियन हाप्किदो च्याम्पियनसिपमा कांस्य पदक बिजेता प्रदीप थापा, बिगतमा राष्ट्रीय खेलकूद परिषदमा सदस्य नियुक्त भई सफल कार्यकाल सम्पन्न गरी खेलकुद क्षेत्रलाई बिशेष योगदान पुरयाए बापत नारायण प्रसाद पौडेल र हाप्किदोका प्रमुख प्रशिक्षक लानम लामा र टिम म्यानेजर दीपेन्द्र तामाङ्गलाई सम्मान गर्नुभयो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रचण्डले खेलाडीहरु राष्ट्रका गहना भएकाले राष्ट्रीय गहनालाई चम्काउन आफुले जस्तोसुकै सहयोग गर्ने र भबिष्यमा खेल क्षेत्र परिवर्तन गर्नका निम्ति आफुले जस्तोसुकै क़दम चाल्न पनि पछि नहट्ने बताउनुभयो । नेपाल मार्शल आर्टस् हाप्किदो संघका अध्यक्ष एवं अखिल नेपाल खेलकुद महासंघका महासचिव काली बहादुर घर्ती मगरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आठौं दक्षिण दक्षिण एशियाली खेलकुद प्रतियोगिताको बक्सिङमा स्वर्ण पदक बिजेता प्रकाश थापा मगर , नेपाल हाप्किदो संघका पदाधिकारिहरु लगायत खेलकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
