११ कार्तिक २०७८, बिहीबार

विभेद(कबिता)

kamdardainik.com (First, Fast & Accurate)

– कमलेश घरडी

 

एक दुनियाँ कि बेतलहवी कहानी
खसेको आकाश
अनि खोसिएका खुसी
बिरञ्जित ताजहेरान
अनि लड्दाबको आभास
साच्ची एक अलग छटपटाहट

उत्तिसको रुख नजिक
गुराँसको लाली
लाग्छ, संसारी मोहमा प्रफुल्लित छ
चुहिने गुफामा सिलाजितको लेप
अनि गर्भ भित्र सङ्गालेका अनुपम उपहार
चारित्रीक प्रभातको सम्मोहन अस्त्र
अनुपम छ तर मनमा शान्ति छैन
सुसेलिएको भिरमा
आहाटको गुन्जाहट
अन्कण्टार भिरमा झुलेको झार
लाग्छ आत्मसात गर्न चाहन्छ
झिल भित्र रुम्मिलिएको एक आशा
आजादिको बुगुलको पर्खाइमा छ

वर्ण पो मन नपर्ने हो
बंशज आफ्नो परे आत्मीय लाग्छ
जातको मन नपर्ने हो
जयजयकार स्वर्गीय लाग्छ
पराइ पो मन नपर्ने हो
उस्ले लगाएको गुन मन पर्छ
भलै बिर्सिन्छ छिन मै

भेदभाव गर्दा मन पोल्छ रे
सहन सकिन्न रे
बिद्रोहको आवाज बुलन्द पार्छ रे
खेदो खन्न लागि पर्छ रे
मोर्चाबन्दी को डर देखाउछ रे
घेराबन्दीको विचारलाई सिध्याउन
भए भरको तागत झोक्न चाहन्छ रे

तर उस्ले कहिल्यै बिचार गरेको छ?
उस्ले फेर्ने श्वासको हिसाबको
उस्ले पेट भर्न गरेको निर्ममताको
अझ लाज ढाक्न मंचन गरिएको नाटकको
हिड्दा सयौं जिव
पाउले कुल्चिएको
अनि हात जोड्ने भगवानले
रगतको बलि मागेको
प्रकृतिले उ माथी सौदा गरेको
उस्ले आफ्नो ठान्ने मोर्चाले
उस्को नेतृत्व न स्वीकारको
उ यस्को लेखाजोखा गर्न चाहन्न
किनकि उस्ले एक मुठी श्वासको लागी
आफ्नो सौदा प्रकृति संग गरेको छ

प्रकृति आफैंमा भेदभावपूर्ण छ
चिसोमा रम्न सक्नेलाई
घामको रापिलो तापमा मुस्कुराउनु दिन्न
पानीमा पौडी खेल्नेलाई
उराठ मरुभूमिमा सहभागी हुन दिन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *