कामदार दैनिक संवाददाता
काठमाडौँ।
एनआरएनएको दशौँ महाधिवेशन अक्टोबर महिनामा राजधानी काठमाडौंमा हुँदै छ यसै क्रममा एसिया प्यासिफिक क्षेत्रको संयोजक पदमा एनआरएनए जापानका पूर्व अध्यक्ष पारस मणि पोखरेलले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।

दई कार्यकाल एसिया क्षेत्र उप–संयोजकको कार्यभार बढो कुुुसलताका साथ सम्भालेका पोखरेलको एसिया लगायत अन्य क्षेत्रमा समेत राम्रो पकड रहेको छ ।

दोश्रो पुस्ताको लागि स्पीच कन्टेस्ट , महाबिर पुनको लागि मेक इन नेपाल , युवा भेला अनि लेट्स रिफ्रेश द सोलको नारा दिएर गरेको एनआरएन रेफ्लेक्सन २०२१ ले पोखरेलको चर्चा चुलिएपछि उनलाई एनआरएनए भावी नेतृत्वको रुपमा हेरिएको छ ।
नयाँ र सृजनात्मक कामको लागि आफ्नो परिचय बनाएका पोखरेल १९९५ देखि रोटरी अनि २००५ देखि एनआरएनएमा सक्रिय छन । हाल उनि जापानको रोटरी क्लब संग समेत आबद्ध छन ।
