४ कार्तिक २०७८, बिहीबार

हेर्ने हो र देखाइदिउँ ?

kamdardainik.com (First, Fast & Accurate)

-माधव बानियाँ

विज्ञहरुका अनुसार गीत संगीतले मानव जीवनमा सकारात्मक असर गर्दछ । किनकी यसले डिप्रेसन, पीडा र चिन्ताबाट मुक्त गराई जीवनको उत्तम गुण प्राप्त गर्दछ । हाम्रो आवेग र भावलाई संगीतले शान्त पार्ने मात्र होइन, यसले ठूलो स्वास्थ्य लाभहरु पनि प्रदान गर्दछ । जस्तै: मुटुको धड्कनमा नियन्त्रण गर्नु, शान्वना प्रदान गर्नु, बालबालिकाहरुलाई आशाबादी बनाउनु आदि । एक अनुसन्धान अनुसार दिनको ५० मिनेट संगीत सुन्दा शररिमा रोग प्रतिरोधात्मक क्षमता बढ्न सहयोग पुग्छ । संगीतले सम्पूर्ण जीवनलाई महानभुमिका निभाउाँछ । यसले हाम्रो खाली समयलाई ब्यस्त बनाउँछ । जीवनलाई शान्तीपूर्ण बनाउँछ । गीत संगीतलाई परिभाषित गर्ने क्रममा संगीतका विद्धान भन्दछन–संगीत गायन, वादन एवंम् नृत्यको माध्यमद्धारा भाव उत्पन्न गराउने एउटा रचना हो । यो यस्तो रचना हो जसमा शब्द, संगीतकला, स्वर, ताल, लयको सन्तुलित मिश्रणले बनेको सुरीलो रचना हो । जसले प्राणी मात्रको चित्त वा मनलाई आनन्दित बनाउँछ ।

 

संगीत शब्दको उत्पत्ति गै धातुमा सम उपसर्ग लागेर बनेको हो । गै को अर्थ गाउनु र समको अर्थ उत्कृष्ट सङ्गती, उत्कृष्टता निरन्तर आदि हो । अत संगीतको अर्थ उत्कृष्ट पूर्ण तथा औचित्यपूर्ण ढंगले गाउनु मानिन्छ । संगीत शब्द गीतमा सम उपसर्ग लागेर बनेको हो । सम अर्थात सहित र गीत अर्थात गानको सहित वादन एवंम अनुभुती क्रिया (नृत्य) साथ हुने हुनाले संगीत भनिन्छ । संगीतले मानिसको क्रिया र भावलाई समेट्ने गरेको पाइन्छ । पूर्वीय धारणा अनुसार संगीतको प्रार्दुभाव सिन्धु घाँटीको सभ्यताबाट रामायण कालमा यस रचनाको मुख्य प्रभाव रहेको मानिन्छ । ब्रम्हाले संगीतको उत्पत्ति गरी शिवलाई दिए र शिवपार्वती हुँदैं सरस्वतीसम्म आइपुगेको मानिन्छ । सामवेदबाट संस्कृतिको उत्पत्ति भएको र सामवेदमा मात्र उच्चारण भएको हुनाले संगीत संस्कृतिको थालनी भएको भनाइ रहेको छ । किम्वदन्ती अनुसार सरस्वती देवीले नारदलाई संगीतको शिक्षा दिइन र नारदले सरस्वतीबाट संगीतको शिक्षा प्राप्त गरेपछि नारदले भरतलाइ शिक्षा दिए पश्चात भरतद्धारा नाट्य शास्त्रद्धारा जनसाधारणमा संगीतको प्रचार गरियो जुन आज पनि भरत नाट्यको नामले प्रसिद्ध रहेको छ ।

 

सामवेदमा संगीत शास्त्र संसारका सब भन्दा प्राचीन ग्रन्थ मानिन्छ । ब्रम्हा, विष्णु र शिवशास्वत त्रिदेव प्रथम संगीतज्ञ थिए । ज्ञानकी देवी सरस्वतीका हातमा रहेको वीणा सम्पूर्ण संगीतको प्रतिक हो । भगवान श्रीकृष्णको हातमा रहेको मुरलीको धुनले भक्तहरुलाई परम तर्फको आनन्द यात्रामा जान लालयित्त गराउँछ । पाश्चात्य जगतमा संगीत शब्दलाई म्यूज भनिन्छ । :गकष्अ शब्दको उत्पत्ति ग्रीक शब्द :यगकभ बाट भएको हो । ग्रीक परम्परामा यो शब्द संगीतको ललित कविताकी देवीलाई मानिन्छ । अरवी परम्परामा संगीतलाई मुसिकी भनिन्छ । मुसिकालाई युनानी भाषामा आवाज भन्न थालियो । यसकारण संगीत कलालाई आवाज मान्न थालियो । युरोपमा सबैभन्दा पहिले संगीत एक ब्यवस्थित कलाको रुपमा युनानमा विकास भएको थियो । त्यसै क्रममा युरोपमा पाइथागोरसले गणितको नियमद्धारा स्वरको स्थानलाई निर्धारण गरेका थिए ।

 

करिव १६ औं शताब्दीतिर युरोपमा एक नयाँ प्रकारले संगीतको विकास हुँदै गयो । जसलाई हार्मनी भनियो । यसमा स्वरको मधुर मिलन हुन्छ जस्तै स.ग.प.(षडज, गंधार, पंचम) यसप्रकार एक भन्दा बढी स्वरको समूह (संघात) कार्ड भनियो । एउटा कार्डबाट एकै साथ भिन्न भिन्न वाद्य वादनको धुन निस्केर एउटा मधुर कलात्मक वातावरणको सृष्टि भयो र यस आधारमा आरकेस्टाको विकास भयो । आरकेस्टा संगीत अहिले पाश्चात्य जगत लगायत विश्व भरि नै प्रख्यात हुँदै आएको छ । पूर्वीय धारणामा सात सुर (सा रे ग म प.ध.नि) को निर्माण पशु पंक्षीको ध्वनी अनुकरण गरेर भएको हो भन्ने छ । इशापूर्व दोस्रो शताब्दीमा विद्धान महर्षि मन्डुकका अनुसार मयुरबाट षडज. सा.गाइबाट ऋषम–रे, बोकोबाट गान्धार–ग, बकुल्लाबाट मध्यम–म, कोइलीबाट पञ्चम–प, घोडाबाट धैवत–ध र हात्तीबाट निषाद–नि उत्पन्न भएका हुन । पश्चिमी जगतमा पनि यो धारणासित मेल खाने खालको विचार पाइन्छ । पाश्चात्य संगीत शास्त्रमा प्रयोग हुने सात स्वर (डो.रे.मि.फा.सोल.ला. ति) पशुपंक्षीको आवजबाट अनुकरण गरेर सुरु भएको विद्धानहरुको भनाई रहेको छ ।

 

वर्तमान समयमा संगीतलाई एउटा यस्तो सशक्त माध्यम मानिन्छ जसले ब्याक्तिको शारीरिक, मानसिक तनाव, रोग, चिन्ताबाट मुक्ति प्रदान गर्दछ । संगीतबाट शरीर मन र प्राण तीनवटैमा शुद्धता र चैतन्यता प्राप्त गर्न सकिन्छ । जीवनलाई शान्तीपूर्ण बनाउने संगीत ध्यान र योग पनि हो । संगीतले मानिसलाई एकाग्रता बनाउने हुनाले कार्य सफलतामा निकै सहयोग पुग्दछ । यसले हाम्रो शरीरमा हार्मोनको सन्तुलन कायम गर्न मद्धत गर्दछ । आध्यात्मिक संगीतले शान्ती प्रदान गर्नुको साथै नैतिकता, अनुशासन, मर्यादा र धार्मिकता प्रदान गर्ने हुनाले आजको यो वैज्ञानिक भागदौडका समयमा यसले हाम्रो जीवनमा सफलता प्राप्त गर्न मदत पु्याउँछ । संगीत धेरै शक्तीशाली माध्यम हो र सकारात्मक सन्देश पु्याउने एउटा साधन पनि हो । मनुष्यको नकारात्मक सोच र विचारलाई सकारात्मकता तर्फ डो्याउने हुनाले गीत संगीतको माध्यमबाट मानव–मानव वीच आपसी सदभाव प्रेम र स्नेह पैदा भएको छ । जसरी प्रकृति र प्राणी जगतमा प्रकाश र गर्मीको प्रभाव रहन्छ, शरीर स्वस्थ रहन्छ, त्यसरी नै संगीतमा पनि तापीय र प्रकाशिय उर्जा हुन्छ जुन प्राणीको विकासको लागि महत्वपूर्ण स्थान रहेको हुन्छ ।

 

गीत संगीत भनेको भाषा संगीत र संस्कृति पनि हो । गीतमा सुर ताल त हुनै प्यो र साथै गायकले आफुलाई अभिब्यक्त गर्न सक्नु पनि पर्यो अनि मात्र त्यो गीत संगीत बन्न जान्छ नत्र त्यो गीत संगीत हुँदैन, केवल ध्वनी मात्र हुन जान्छ । संगीत मानिसको आवाज वा विशेष उपकरणहरु जस्तै– सितार, गीतार, भायोलिन, ड्रम, तवला, मादल हार्मोनियम आदिबाट निकाल्ने एक कला हो । संगीतले मानव जीवनमा निकै सकारात्मक प्रभाव पार्दछ । यसले मानिसलाइ सक्रिय बनाउने काम गर्दछ । जति बढी मस्तिष्क सक्रिय हुन्छ, मानसिक त्यत्ति नै रुपले मानिस मानसिक रुपमा स्वस्थ रहन्छ भन्ने मान्यता रहेको छ । विज्ञहरुका अनुसार संगीतले मानव मानसपटलमा सकारात्मक असर पार्दछ । किनकी यसले डिपे्रशन, पीडा हटाई जीवनको उत्तम गुण प्राप्त गर्दछ । एउटा अध्यन अनुसार मानवलाई आफुलाई मनपर्ने आरामदायी संगीत सुन्दा तनाव कम भइ हार्मोन कोटीसोलको स्तर कम गर्न सक्षम हुन्छ । जसले सिकाई र मेमोरीमा हस्तक्षेप गर्दछ । अनिद्रा र अन्य प्रकारको गडवढीसँग लड्ने राम्रो माध्यम संगीत हुन सक्छ । निन्द्रा नलागेको समयमा मानिसलाई आराम प्रदान गरी निन्द्रा लगाउँछ । यो अनुसन्धानद्धारा प्रमाणित भैसकेको छ । यसप्रकार गीत संगीत मानव लगायत प्राणीको लागि पनि कति महत्वपूर्ण रहेको छ भन्ने प्रमाणित हुन्छ ।

 

संगीतलाई श्रवण गरीरहेको समयमा प्राणीलाई आनन्द आउँछ, हृदय प्रफुल्लित भइरहेको हुन्छ । त्यो समयमा इन्द्रीयले काम गरीरहेको हुन्छ । त्यसैकारण देख्दा, स्पर्श गर्दा, सुँघ्दा वा स्वाद लिँदा भन्दा संगीतको अनुभुती कलाले छुट्टै आनन्द प्रदान गर्दछ । चरको चिरविर आवाज, वनजंगलका सुस्केराहरु, खोलानालाका कलकल ध्वनीहरु, झरनाको झन्कार, बतासको सुस्केरा आदि सबै प्राकृतिक संगीत हुन, संगीतका प्रकृतिपरक प्रेरणाका स्रोत हुन । संगीत जीवन भोगाइका हरेक उकाली ओरालीहरुमा गुन्जीरहेका हुन्छन । प्रत्येक प्राणाले जीवनमा जानेर वा नजानेर संगीतको उपयोग गरिरहेको हुन्छ । संगीतलाई मानिसले उपयोग गरेर लाभ पनि लिइरहेको हुन्छन । सुखमा, दुखमा,पीडा र रोदनमा, ब्यथा र दुखाईमा उत्साह, उमङ्गमा जीवनको हरेक क्षण र मोडमा मानिसले संगीतको प्रयोग गरिरहेको हुन्छ । त्यसकारण मानिसले संगीतलाई आप्mनो भोगाइको यथार्थ बनाउँछ र जीवनलाई सहज बनाउँछ ।

 

संगीतलाई भाषा र परिधि भित्र बाँध्न सकिँदैन यसको आकार र परिधि ब्यापक रहेको छ । संगीत भनेको केवल शब्द मात्र नभई अभिब्यक्ति कला पनि हो जुन कलामा शब्दको शाब्दिक अर्थ आउँदैन केवल मानिसले त्यसलाई ग्रहण गर्दछन, भाव बुझ्दछन्। संगीतलाई कुनै निश्चित परिभाषाले बाँध्न सकिँदैंन । यसको आकार र परिधि अनि परिभाषा विशाल र वृहत छ । जुन कुनै ब्यक्तिको परिभाषा भित्र अटाउँदैंन । संसारमा सबैले बुझने भाषा भनेको कलाको भाषा हो । संगीत त्यस्तो भाषा हो, जुन भाषामा कला नै कलाले भरिएको हुन्छ । यो एक रङ्ग होइन रङ्गै रङ्गको बहुरङ्ग हो । मानिसको मनमा संगीतले अनुभूती जव पैदा गर्दछ तव त्यो संगीत बन्दछ । संगीतले हृदयलाई झन्कृत पार्दछ, छुन्छ, मार्धुयता प्रदान गर्दछ, मनलाई मुग्ध पार्दछ । त्यसैकारण संगीत हामी मन पराउँछौं, संगीत हामीलाई मनपर्छ । परापूर्वकालमा शिकारीहरु जंगलमा शिकार खेल्न जाँदा कुकुरको घाँटीमा घण्टी झुण्डाएर कुकुरलाई पनि साथमा लिएर जान्थे भनिन्छ । ताकी कुकुरको घाँटीमा झुण्डाएको घण्टीको आवाजले गर्दा मृगहरु नजिक आवोस र शिकार गर्न सजिलो होस । हिजो आज हामी देख्छौं सपेराले बजाउने बाँसुरीको धुनमा विषालु सर्प लठ्ठीएर त्यसैमा मनमुग्ध भएर हराउँछ । यसबाट प्रमाणित हुन्छ की संगीत मानिसलाई मात्र हैन प्राणी जगतलाई पनि मनपर्छ । प्राणी जगतलाई मनपर्ने कारण हो संगीतकला, भावनात्मकला हो । संगीत मन भित्रको कला हो किनभने संगीतमा जुन किसिमको आनन्द दिने काम गर्दछ त्यो अरु बस्तुले दिन सक्दैन । संगीतले संगीतको भावना बोल्छ, संगीतले हृदय छुन्छ र संगीतले मस्तिष्क छुुन्छ, तसर्थ संगीत बहुमुखी कला हो ।

संगीतलाई ठाउँ, समय, परिस्थिति, वातावरण आदि विभिन्न परिवेशमा सुन्ने र नामाकरण गर्ने गरिन्छ । मानिसको इच्छा, चाहना वातावरण आदि कारणले संगीत वा गीत प्रर्दशन गर्ने गरिन्छ । ती मध्ये शास्त्रीय संगीत, लोक संगीत, पप संगीत, आधुनिक संगीत, आध्यात्मिक संगीत आदि आदि संगीत श्रवण गर्न सकिन्छ । बोली चालीको भाषामा गायनलाई मात्र संगीत मान्ने गरिन्छ तर संगीतको भाषामा शब्द, गायन र नृत्य यी तीनवटै समूहको समुच्य रुप संगीत हो । पूर्वीय मान्यतामा शास्त्रीय संगीतको विशेष महत्व रहेको छ । यसप्रकारको संगीतमा धार्मिक एवंम सामाजिक परम्परा, भक्ति रसमय भावना एवंम श्रृंगार रसको प्रचुरता पाइन्छ । लोक संगीत हरेक समूदायको भाषा भाषी आदिको आप्mनो मौलिक परम्पराको संगीत हो । यसप्रकारको संगीत जात्रा, चाडपवर्, मेला आदि अवसरमा प्रयोग गरिन्छ । पश्चिमी संस्कृतिमा प्रचलित पप संगीत युरोपियन वा अमेरीकी देशहरुमा बढी प्रचलन रहेको पाइन्छ । हिजो आजको समयमा विभिन्न देशका युवाहरु माझ पप संगीत आ–आफ्नो देशको भाषा अनुसार प्रयोग गरेको पनि पाइन्छ । पूर्वीय मान्यतामा आध्यात्मिक भावना वा धार्मिक भावनाको संस्कार प्रवल रहने हुनाले स्तुतिगान, नीतिगान, प्रेरणा प्रार्थना, भक्तिभावना आदिमा आध्यात्मिक संगीतको प्रचलन रहेको छ । धार्मिक भावना वा आध्यात्मिक ज्ञान चेतना आदि यस संगीतको श्रोत रहेको छ । समय अनुसार मानिसमा परिवर्तन हुँदैं गएको अवस्थामा सबै देशमा मौलिक संस्कृति अनुसार आधुनिक गीत र संगीतको प्रयोग भएको पाइन्छ । वर्तमान समयमा आधुनिक लोक र संगीतको विशेष महत्व रहेका पाइन्छ ।

लेखक माधव बानियाँ बिभिन्न शैक्षिक संस्थाका संस्थापक, संचालक तथा लामो समयदेखि प्राध्यापन सेवामा संलग्न छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *