११ कार्तिक २०७८, बिहीबार

नेपाल गोरखा परिवार दक्षिण कोरियाको अध्यक्षमा नवराज भट्टराई

kamdardainik.com (First, Fast & Accurate)

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

 

नेपाल गोरखा परिवार दक्षिण कोरियाको आसन्न एघारौं अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । आज सोमबार नवराज गुरुङको सभापतित्व र नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यकारी राजदूत रामसिंह थापाको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

संस्थाको उपाध्यक्ष नवराज भट्टराईको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष नवराज गुरुङले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण संस्थाका कोषाध्यक्ष दीपक श्रेष्ठले प्रस्तुत गरेका थिए । “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशनमा विशेष अतिथि र अतिथिहरुमा ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रवासी मजदुर संघ (MTU) का अध्यक्ष उदय राई, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष आस्था विन्दु मल्ल, संस्थाका सल्लाहकारहरु खड्ग थापा मगर, पूर्वाध्यक्ष तथा सल्लाहकार यदु लामिछाने, सल्लाहकार खेमराज देवकोटा लगायत कोरियास्थित क्षेत्रीय, राजनैतिक, जातीय, धार्मिक लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले महाधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

 

उदघाटन सत्रपछिको बन्द सत्रमा संस्थाका पूर्वाध्यक्ष यदु लामिछानेको संयोजक, सदस्यहरु खड्ग थापा मगर र खेमराज देवकोटा संयोजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।

 

उक्त अधिबेशनबाट अध्यक्षमा नवराज भट्टराई,वरिष्ठ उपाध्यक्ष चिरन्जिवी पोखरेल, उपाध्यक्ष सुमन थापा, उपाध्यक्ष रुपेश थापा, सचिव बुद्धि प्रसाद नेपाल, सह- सचिव सितल भट्टराई, कोषाध्यक्ष भोजराज खनाल, सहकोषाध्यक्ष कमला घले श्रेष्ठ र सदस्यहरुमा युगराज अमगाँई, प्रेमप्रसाद पोखरेल, मुकेश सेन्चुरी, सबिन गुरुङ, रमेश थापा मगर, राम खनाल, अनिल भट्टराई सर्वसम्मत चयन भएका छन् । जूम भर्चुअलमा केशर राना मगरको विशेष प्राविधिक सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका सचिव बुद्धि प्रसाद नेपालले गरेका थिए ।

 

अध्यक्ष नवराज भट्टराई लगायत सम्पूर्ण पदाधिकारीहरूलाई  कामदार दैनिक परिवार हार्दिक बधाई एंव शुभकामना  ब्यक्त गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *