नेपाली कांग्रेसको ऐसेलुखर्क गाउँपालिका सभापतिमा सन्तबीर तामाङ सर्वसहमत चयन भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा खोटाङ कांग्रेसको सातौ जिल्ला अधिवेशन अन्तर्गत शनिबार भएको गाउँपालिका अधिवेशनबाट कांग्रेसका युवा नेता तथा बाकाचोलका हालको निर्वाचित वडाध्यक्ष तामाङ सभापतिमा चयन भएका हुन्। उपसभापति लगायतका पदाधिकारीहरु सहमतिको प्रयासमा मिलाउने काम भईरहेको कांग्रेस श्रोतले जनाएको छ।
