४ कार्तिक २०७८, बिहीबार

नयाँ नियमले पनि आफ्नो कारणले कम्पनी छोडेकाले कमिटेडको रूपमा कोरिया आउन नपाउने

kamdardainik.com (First, Fast & Accurate)

सन्तोष खड्का
सौल, दक्षिण कोरिया

 

हाल दक्षिण कोरिया सरकारले विदेशी श्रमिकलाई लक्षित गरी अक्टोबर १४ तारिख देखी नियम लागु गर्ने भएको छ। नयाँ नियमबाट सुरूमा कोरियामा रहेका बिदेशी श्रमिकहरू उत्साहित भएता पनि बास्तबिकता थाहा पाउँदा निराश हुन पुगेका छन्।

 

 

शुरूमा नियम खुकुलो र मजदुर मैत्री लागेतापनि बिदेशी  श्रमिकहरूले पुरा गर्नुपर्ने शर्तहरू कठिन भएकाले सम्भबत नयाँ नियमले पनि आफ्नो कारणले कम्पनी छोडेकाले कमिटेडको रूपमा कोरिया आउन नपाउने आफ्नो बुझाई रहेको यस क्षेत्रकी जानकार, गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी उपाध्यक्ष एबं जेजु विदेशी श्रमिक समर्थन केन्द्रकी नेपाली परामर्शदाता शुभद्रा पालुङ्वा बताउँछिन्।

 

 

उनी भन्छिन्, “अहिले सम्म समाचार मात्रै हेरेको छु तर बिस्तृत जानकारी कुनै पनि नआएकोले केहि भन्न सकिन्न तर मैले जाने अनुसार मालिक संग सहमति गरि कम्पनि परिबर्तन गर्नु हुनेहरुले यो मौका पाउनुहुन्न।”

 

 

제25조(우선 재고용 등) ① 제24조에 따라 근로자를 해고한 사용자는 근로자를 해고한 날부터 3년 이내에 해고된 근로자가 해고 당시 담당하였던 업무와 같은 업무를 할 근로자를 채용하려고 할 경우 제24조에 따라 해고된 근로자가 원하면 그 근로자를 우선적으로 고용하여야 한다.

 

अझ उनी थप्छन् , दफा २५ अनुसार कम्पनीले निकालेको खण्डमा भने बिदेशी श्रमिकहरू अहिले आउने नयाँ नियमबाट लाभान्वित हुन सक्नेछन्।

दक्षिण कोरियाको श्रम मन्त्रालयले बिदेशी श्रमिकहरू जो  E-9 भिषा बहाक छन् , उनीहरूका लागि   कम्पनी परिवर्तन गरेपनि कमिटेड कामदारको रुपमा पुन: कोरिया प्रवेश गर्न पाउने नियममा परिमार्जन गरेको छ तर त्यसमा केही शर्तहरू भने तोकिएका छन्।

 

 

कम्पनि परिवर्तन गरेपनि पुन कोरिया प्रवेश गर्न पाउने नियम गत अप्रिलमा नै लागु भएतापनि त्यतिबेला एउटै प्रकृतिको कम्पनीमा परिवर्तन गरेका मात्र कमिटेड आउन पाउने भनिएकोमा अहिले परिमार्जन गरिएको नियममा भने फरक प्रकृतिको कम्पनी मा भिषा हानेका कामदार समेत कोरिया पुन प्रवेश पाउने भएका छन। तर त्यसका लागि निश्चित मापदण्ड र शर्तहरू तोकिएका छन्।

 

परिवर्तित नियम  र शर्तहरू निम्न रहेका छन्।

 

. भिषा E-9 भएको हुनुपर्ने

 

२ . उत्पादनमुलक,कृषी तथा पशुपालन,मत्स्यपालन,निर्माण तथा सर्भिस क्षेत्रमा कानुनसम्मत काम गरेको हुनुपर्ने

 

३ .कम्पनी परिवर्तन गरेपछी अन्तिम कम्पनीमा न्यूनतम १ बर्ष काम गरेको हुनुपर्ने

 

४. आफ्नो कारणले वा साहु सँगको समझदारीमा कम्पनि परिबर्तन गरेको खण्डमा  कम्मिडेटमा आउन न सकिने। कम्पनि परिबर्तन साहुको कारणले भएको हुन पर्ने।

 

४ .अन्तिम कम्पनीमा १ बर्ष नपुगेको खण्डमा नोदोङ्बु वा श्रम कार्यालयबाट पुन प्रवेश योग्य अनुमतिपत्र तयार गर्नुपर्ने

 

 

५ . कोरोना भिषामा हाल कार्यरत श्रमिकको हकमा पनि लागु हुने

 

६ . कम्पनी मालिकले पुन: ल्याउन चाहेको खण्डमा यो नियम लागु हुने

 

नेपाली परामर्शदाता सुभद्रा पालुङ्वाले निम्न बुँदाहरू राम्रोसँग हेर्न सुझाव दिदैँ आफुले HRD, नोदोङ्बो लगायत बिभिन्न निकायहरुसँग बुझ्दा आधिकारिक धारणा नपाएको बताउँदै  शनिबार,आइतबार र सोमबार छुट्टी भएकोले  अर्को हप्तामा बिस्तृत  जानकारी आउन सक्ने समेत बताइन्।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *