कान्छालाल जिम्बा एवम् वडा अध्यक्षहरु लगायतको टोली कम्मर कसेर लागे शिक्षा सुधार्न

राजनीति समाचार

बनखु । महाभारत गाउपालिकाको कार्यालय बनखुमा सामुदायिक विधालयका प्र .अ हरू संग महाभारत गाँउपालिकाले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । महाभारत गाउपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा गाँउपालिका भरिका सामुदायिक विद्यालयका प्र.अ हरुको उपस्थिति रहेको थियो । महाभारत गाउपालिकामा रहेका सामुदायिक विद्यालयहरुको पढाई स्तर उकास्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा महाभारत गाउपालिका शिक्षा शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । काभ्र जिल्लाको दुर्गम क्षेत्रमा रहेको महाभारत गाउपालिका भित्रमा शिक्षा, स्वास्थ्य खानेपानी, मोटर बाटो लगायतका विकासका कामहरु गर्न गाँउपालिका अध्यक्ष कान्छालाल जिम्बा एवम् वडा अध्यक्षहरु लगायतको टोली कम्मर कसेर लागि परेको छ । सो अवसरमा काभ्रे क्षेत्र नं .१ का सांसद सदस्य रत्न ढकालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सांसद रत्न ढकालले भने – महाभारत गाँउपालिका काभ्रेमा पिछाडिएको गाँउपालिका हो । यो गाँउपालिकामा केन्द्र सरकारको विशेष ध्यान रहेको छ ।
प्रदेश सरकारले पनि यस गाँउपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, मोटरबाटो लगायतका विकासका कामहरुमा सक्दो सहयोग गर्ने छ । चुनावताका आफूहरुले बोलका कुराहरु कटिबद्ध रुपले पुरा गर्न लागेको बताउदै शिक्षा क्षेत्रमा सुधार गर्न तपाई गुरुहरुको अति आवश्यक परेको हुँदा शिक्षा क्षेत्रलाई सुधार गरी अहिलेको प्रतिस्पर्धाको शिक्षा दिन उहाँले आग्रह गर्नुभयो । गाँउपालिकाका अध्यक्ष एवम् वडा अध्यक्षहरुको सिङ्गो टिम महाभारत गाँउपालिकाको विकास निर्माणमा लागेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।