४ कार्तिक २०७८, बिहीबार

एन.आर. एन. ए. ख्याङ्गी इन्छन क्षेत्रीय कमिटि द्वारा शुभकामना ब्यक्त

kamdardainik.com (First, Fast & Accurate)

राजकुमार तामाङ

सौल, दक्षिण कोरिया 

 

2021.10.09 (शनिबार ) तारिकका दिन अध्यक्ष पुरुषोत्तम गौतम को अध्यक्षतामा बसेको एन.आर. एन. ए.दक्षिण कोरिया ख्याङ्गी इन्छन क्षेत्रीय कमिटिको नियमित मासिक जुम भर्चुअल मीटिङ्गबाट आउदै गरेको नेपालीहरुको महान चाड विजय दशामी तथा शुभ दिपावाली को पावन अवसरमा देश विदेश मा रहनु हुने सम्पूर्ण नेपाली हरुमा सुख, शान्ति, समृद्धि, सु स्वाथ्य एवं दिर्धयुको साथै आपसी सद्धाभव र भाईचारा को विकासबाट समृद्ध, सभ्य समाजको आकांक्षा पूरा होस भनी एन.आर. एन. ए.दक्षिण कोरिया ख्याङ्गी इन्छन क्षेत्रीय कमिटिले हार्दिक शुभकामना व्यक्त गरेका छन्।

 

 

 

त्यसैगरी उक्त बैठक बाटै बर्तमान समयलाई ध्यानमा राखेर गर्न सकिने सम्भाबित खेल्कुद कार्यक्रमको अध्यन तथा कार्यक्रम खाका तयार गर्न सस्थाका खेल्कुद बिभाग प्रमुख बिक्रम बज्यू को संयोजकत्वमा सन्जोक चौहान ,नरेश रावल ,प्रदिप भट्टराई र सन्तोष चौलागाईं सदस्य रहने गरि खेल्कुद समिती गठन गरिएको छ । साथै NRNA दक्षिण कोरिया केन्द्रिय कार्यसमितिसग समन्वय गरि zoom भर्चुयल बित्तीय तालिम कार्यक्रम पनि संचालन गर्ने निर्णय गरिएको छ।

 

 

सम्पूर्ण नेपाली हरुमा विजय दशामी तथा शुभ दिपावालीको शुभाकामाना दिदै सस्थाका खेल्कुद बिभाग प्रमुख बज्यू भन्नुहुन्छ ‘राष्ट्रको लागि खेलकुद,,स्वास्थको लागि खेलकुद,,समाज परिवर्तनको लागि खेलकुद भन्ने मुल उदेश्यका साथ एन.आर. एन. ए.दक्षिण कोरिया ख्याङ्गी इन्छन क्षेत्रीय कमिटि अघि बढीरहेको अवस्थामा कोरिया मा रहेका सम्पूर्ण युवा खेलप्रेमी हरुलाई जोडिन अह्वान गर्दछु। साथै सामुहिक हितको कार्यमा मेरो आबद्धता ,सके राम्रो गर्छु ,नसके गलत नगर्ने  आफ्नो प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *